हेटौंडा–केही वर्षअघिसम्म आफूमाथि हिंसा भएको भन्ने पत्ता लगाउन नसक्ने महिला पछिल्लो समय आफ्नो अधिकारप्राप्तिका लागि कानुनको ढोका ढक्ढक्याउन सक्ने भएका छन् ।
आफूमाथिको अन्यायविरुद्ध आवाज उठाए न्याय पाइन्छ भन्ने थाहा पाउन थालेका छन् उनीहरु । केही समय अघिसम्म डर, धम्की र त्रासका कारण आफूमाथिको अत्याचार गुपचुपमा राख्ने पीडितहरु अन्यायविरुद्ध लड्न प्रहरीसम्म पुग्नसक्ने भएको थुप्रै उदाहरण छन् । गाउँघरमै मिल्ने प्रकारका घटनाहरु पालिका तथा वडाका न्यायिक सहजकर्ताहरुले समेत मिलाइदिने गरेका छन् भने अलि जटिल घटनाहरु प्रहरी कार्यालयमा दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
खानलगाउन नदिएको, मानसिक तनाव, कुटपिट र विवाहदर्ता नगरिएको, नागरिकता नबनाइदिने, बच्चाको जन्मदर्ता नगरिदिने जस्ता मुद्धा लिएर पनि महिला आउने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार महिलाले जघन्य अपराध गरेका मुछा भने दर्ता हुँदैन ।
बढ्दो क्रममा घरेलु हिंसा
मकवानपुरमा घरेलु हिंसाका घटना दर्तामा बृद्धि भएको पाइएको छ । पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटनाहरु बढी हुने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रले जनाएको छ ।
आर्थिक वर्ष २०७७–०७८ को तुलनामा आर्थिक वर्ष २०७८–०७९ मा घरेलु हिंसाको निवेदनहरु बढी आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । आर्थिक वर्ष २०७७–०७८ मा २ सय ७६ निवेदन परेकोमा उक्त निवेदनमध्ये १ सय ८६ को मिलापत्र गरिएको थियो भने ५० वटा मुद्धा अदालत गएको थियो ।
एक वर्षमा निवेदन दर्ताको संख्या झण्डै दोब्बर बढेको पाइएको छ । गत आर्थिक वर्ष २०७८–०७९ मा घरेलु हिंसाका ४ सय ३९ निवेदन दर्ता भएकोमध्ये २ सय ६० को मिलापत्र, ६१ मुद्धा अदालत गएको र १ सय १८ वटा निवेदनको काम बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आर्थिक वर्ष २०७८–०७९ को पहिलो महिना साउनमा ३८ वटा घरेलु हिंसाको निवेदन दर्ता भएको थियो । जसमध्ये ३३ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने २ वटा मुद्धा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निवेदन दिने तर प्रहरीको सम्पर्क नआउने तथा निवेदनपछि आफंै मिलेका जस्ता कारणले ३ वटा निवेदन होल्डमा रहेको तथ्यांक छ ।
भदौमा ४४ वटा घरेलु हिंसाको निवेदन दर्ता भएको थियो । जसमध्ये २५ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ६ वटा मुद्धा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । १३ वटा निवेदनहरुको काम बाँकी रहेकोे तथ्यांक छ ।
असोजमा ३३ वटा घरेलु हिंसाको निवेदन दर्ता भएको थियो । जसमध्ये १७ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ३ वटा मुद्धा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । १३ वटा निवेदनहरुको काम बाँकी रहेकोे तथ्यांक छ । कार्तिकमा ३७ वटा घरेलु हिंसाको निवेदन दर्ता भएको थियो । जसमध्ये २३ घटनाकोे मिलापत्र भएका थिए भने ७ वटा मुद्धा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ७ वटा निवेदनहरुको काम बाँकी रहेकोे तथ्यांक छ ।
मंसिरमा ३४ वटा घरेलु हिंसाको निवेदन दर्ता भएको थियो । जसमध्ये २४ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ६ वटा मुद्धा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ४ वटा निवेदनहरुको काम बाँकी रहेकोे तथ्यांक छ । पुसमा ३६ वटा घरेलु हिंसाका निवेदन दर्ता भएकामध्ये २५ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ३ वटा मुद्धा अदालत पठाइएको र ८ वटा निवेदनहरुको काम बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।
माघमा २४ वटा घरेलु हिंसाको निवेदन दर्ता भएकामध्ये १४ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ५ वटा मुद्धा अदालत पठाइएको र ५ वटा निवेदनहरुको काम बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । फागुनमा ३१ वटा घरेलु हिंसाको निवेदन दर्ता भएको थियो । जसमध्ये १५ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ४ वटा मुद्धा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । १२ वटा निवेदनको काम बाँकी रहेकोे तथ्यांक छ ।
चैतमा ३९ वटा घरेलु हिंसाको निवेदन दर्ता भएकामध्ये २५ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ८ वटा मुद्धा अदालत पठाइएको र ६ वटा निवेदनहरुको काम बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ । बैशाखमा ३६ वटा निवेदन दर्ता भएकामध्ये १४ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ७ वटा मुद्धा अदालत पठाइएको र १५ वटा निवेदनको काम बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।
जेठमा ४५ वटा घरेलु हिंसाको निवेदन दर्ता भएकोमा २६ घटनाकोे मिलापत्र भएका थिए भने ३ वटा मुद्धा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । १६ वटा निवेदनको काम बाँकी रहेकोे तथ्यांक छ ।
आर्थिक वर्षको अन्त्यको असारमा ४२ वटा घरेलु हिंसाका निवेदन दर्ता भएकामध्ये १९ घटनाको प्रहरीले मिलापत्र गराएका थिए भने ७ वटा मुद्धा अदालत पठाइएको र १६ वटा निवेदनको काम बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।