Tuesday, June 6, 2023

कृतिसँग तुलना भएपछि सृष्टिको जवाफ : तुलना भइहाल्यो भने पनि खुसी नै हुनेछु

ताजा / भरखरै प्राप्त

काठमाडौं –रिलिजको तयारीमा रहेको ‘माइकल अधिकारी’लाई कतिपयले भारतीय फिल्म ‘मिमी’सँग दाँजेर तुलना गरिरहेका छन् । यी दुवैबीच कथावस्तुमा समानता पनि छ ।

दुवैले पैसाको लागि मातृत्व बेच्ने अर्थात् सरोगेसी ‘इस्यु’मा आधारित रहेर कथा पेश गरिरहेका छन् । यसैसाता फिल्म माइकल अधिकारीको ट्रेलर सार्वजनिक समारोहमा पनि मेकरले यिनै प्रश्नको सामना गर्नुपर्‍यो ।

अभिनेत्री सृष्टि श्रेष्ठलाई त ‘मिमी’ अभिनेत्री कृति सेननबारेको प्रश्न पनि तेर्सियो । जवाफमा सृष्टिले आफूलाई कृति मनपर्ने एक्ट्रेस भएको, आफूले तयारीको क्रममा मिमी फिल्म पनि हेरेको र सो फिल्म मन परेको बताइन् ।

कृतिबारे सोधिएको जिज्ञासामा सृष्टिको जवाफ थियो, ‘कृति मलाई पनि मनपर्ने अभिनेत्री हुन् । मिमी रिलिज हुँदा निकै खुसी भएकी थिएँ । हुन त म कसैसँग पनि मेरो तुलना नहोस् भन्ने चाहन्छु । म आफ्नै काममा खुसी हुने मान्छे हुँ । कृतिसँग तुलना भइहाल्यो भने खुसी हुनेछु ।’

सावधान इण्डिया र क्राइम प्याट्रल फेम्ड निर्देशक रञ्जित रौनियार निर्देशित फिल्म माइकल अधिकारी भदौ ३ गतेदेखि प्रदर्शन हुँदैछ ।

साभार : अनलाइनखबर

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles