सैनिकलाई नागरिकताको सुबिधा दिनुपर्ने

0
161

हेटौंडा–मकवानपुरका नेकपा एमाले सांसद् कृष्णप्रसाद दाहालले नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा सहभागी भएर संशोधन प्रस्ताव पेस गर्दै उनले नेपाली पुरुषले विवाह गरेर ल्याउने महिलालाई नागरिकता दिने प्रावधान राख्दा नेपाली महिलाले विवाह गरेर ल्याउने पुरुषलाई पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने बताएका हुन् ।

लैंगिक समानताका दृष्टिले नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने बताउँदै उनले बरु नागरिकता दिने समयावधि बढाउन सकिने बताए ।

सांसद् दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकलाई नेपाली नागरिकता प्राप्त गर्ने सुबिधा दिनुपर्ने बताए । प्रतिनिधि सभा बैठकमा संशोधन प्रस्ताव राख्दै सांसद् दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकलाई नेपाल र बेलायत दुवै देशको नागरिकताप्राप्त गर्ने सुबिधा दिनुपर्ने बताए ।

उनले नेपाली महिलासँग विवाह गरी नेपालमै १५ वर्षसम्म बसोबास गरेका नेपाली महिलाका पतिलाई पनि अंगीकृत नागरिकता दिनसक्ने प्रावधान राख्नुपर्ने बताए । संशोधन प्रस्ताव राख्दै उनले भने–नेपाल र बेलायतबीचको सन्धिअनुसार गोर्खा सेनाको हकमा दफा लागु हुने छैनन् । उनीहरुलाई दुवै देशको नागरिकता प्राप्त गर्नसक्ने सुबिधा हुनेछ ।

विदेशी नागरिकसँग विवाह गरी नेपालमै बसोबास गर्ने नेपाली महिलाहरुका पतिलाई १५ वर्षभन्दा बढी नेपाली महिलासँग विवाह गरी नेपालमै बसोबास गरेको रहेछ र सम्बन्धित देशको नागरिकता त्यागेको स्वघोषणा गरे निजलाई अंगीकृत नागरिकता दिन बाधा पर्नेछैन ।

‘२०७२ असोज ३ गतेअघि जन्मका आधारमा नागरिकता प्राप्त गरेका एउटै बाबु, आमाको सन्तान उमेरका कारणले त्यस बेला नागरिकता प्राप्त गर्न नसकेका र हाल उमेर पूरा भएका बाँकी भाइबहिनीलाई दाजु वा दिदीहरु जसरी नागरिकता प्राप्त गर्नेछन् । उनले २०७२ असोज ३ गतेअघि जन्मका आधारमा नागरिकता प्राप्त गरेकालाई पनि हाल उनीहरुका दाजुदिदीले जसरी नागरिकता दिइनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here