Tuesday, June 6, 2023

फोनिज वागमतीद्वारा सल्लाहकार समिति

ताजा / भरखरै प्राप्त

हेटौंडा–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) वागमती प्रदेश कार्यसमितिले ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

बिहीबार बसेको फोनिज प्रदेश कार्यसमितिको तेस्रो पूर्ण बैठकले फोनिजलाई ऊर्जावान बनाउन फोनिज मकवानपुर पूर्वअध्यक्ष एवम् नेपाल पत्रकार महासंघ वागमती प्रदेश महासचिव कृष्ण सारुमगरको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको हो ।

समिति सदस्यमा सरिता श्रेष्ठ (धादिङ), राजु चौधरी (चितवन), सुरेन्द्रभक्त श्रेष्ठ (काठमाडौं), देवकुमार सुनुवार (रामेछाप), जीवन लामा (दोलखा) र सुमित श्रेष्ठ (रामेछाप) छन् । बैठकले वागमती प्रदेश सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ । प्रदेश सरकारले फोनिजलाई सञ्चार क्षेत्रका लागि बजेट विनियोजन गरेको र यस कार्यका लागि फोनिज मकवानपुर पूर्वअध्यक्ष मगरले विशेष पहल गरेको भन्दै विशेष धन्यवाद दिने निर्णय भएको जनाइएको छ । बैठकले प्रदेश कार्यसमितिको चौथो पूर्ण बैठक दोलखामा गर्ने निर्णय पारित गरेको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles