आरोपी वडा अध्यक्ष धरौटीमा रिहा

0
318

हेटौंडा–खेलाडी छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिकाका वडा अध्यक्ष धरौटीमा रिहा भएका छन् ।

विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुन हेटौंडा आएकी कालीका माविमा अध्ययनरत् एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेका कैलाश–९ का वडाध्यक्ष भुवनसिंह घलान धरौटीमा रिहा भएका हुन् । उनलाई एक साताअघि मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला अदालत मकवानपुरकी न्यायाधीश मानकुमारी बिकको एकल इजलासले घलानलाई २४ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतले बताएको छ । अघिल्लो शुक्रबार जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

स्थानीय नागरिकले प्रहरी थुनुवा कक्षबाट बाहिर निस्कनेबित्तिकै घलानलाई अबिर र खादा लगाएका थिए । बालयौन दुव्र्यवहार गरेको आरोप लागेका उनलाई अबिरजात्रा र खादाले स्वागत गरिएकाने थियो ।

राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुन हेटौंडा आएकी एक किशोरी छात्रालाई वडाध्यक्ष घलानले असार १८ गते यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । आफू सुतेको कोठामा मध्यरात पुगेर घलानले संवेदनशील अंगमा हात लगेर आफूमाथि दुव्यर्वहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

पीडित विद्यार्थीका तर्फबाट शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । वडा अध्यक्ष घलान नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here