हेटौंडा–वागमती प्रदेशसभा बैठक बिहीबार बस्ने भएको छ । प्रदेश सचिवालयका अनुसार वागमती प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक बिहीबार बस्ने भएको हो ।

वागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले २६ औं बैठक साउन ५ गते दिउँसो १ बजे बस्ने निर्णय गरेको प्रदेश सचिवालयले जनाएको छ । यसअघि २९ असारमा बसेको प्रदेशसभा बैठकले ५ वटा अध्यादेश स्वीकृत गर्दै बैठक अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘विभुषण सिफारिस तथा सम्मान र पदकसम्बन्धि ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ लाई स्वीकृति प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here