Friday, June 9, 2023

एथलेटिक्स प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रममा उत्कृष्ट माझि

ताजा / भरखरै प्राप्त

हेटौंडा-पूर्वी मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ०७ हात्तिखोलामा साउन १ गते आइतबार एक दिवसिय प्रथम बालमैत्रि हात्तीखोला एथलेटिक्स प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रम भव्यता पूर्वक खेल सम्पन्न भएको छ ।

बकैया ७ हात्तीखोलाको प्राङ्गरमा भएको कार्यक्रममा दर्जनौं भाइबहिनीहरुको सहभागी रहेको थियो । आइतबार सम्पन्न गरिएको खेलहरुमा १०० मिटर दौडमा प्रथम स्थानमा सुशान्त माझि, द्वितीय स्थानमा सुजन कोइराला र तृतीय स्थानमा निरोज श्रेष्ठ भएको छन् ।

त्रिपल जम्प तर्फ :
प्रथम स्थानामा सुजन कोइराला, द्वितीय स्थानमा सोबित तिमल्सिना र तृतीय स्थानमा दिपेस भण्डारी रहेको छन् ।

लङ जम्प तर्फ :
प्रथम स्थानमा शुसान्त माझी, द्वितीय स्थानमा सुजन कोइराला र तृतीय स्थानमा सोबित तिमल्सिना भएको हो ।

आइतबार सम्पन्न भएको एक दिवसिय प्रथम बालमैत्रि हात्तीखोला एथलेटिक्स प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रममा उत्कृष्ट खेलाडी सुशान्त माझि भएका छन् । कार्यक्रममा यसै वडाको २ खेलाडीहरुलाई एथलेटिक्स बिधाका सम्मान पनि गरिएको छ । कार्यक्रममा बकैया गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष मानबहादुर सिङ्तान, माधब कुमार बानियाँ लगाएतको उपस्थिति रहेको थियो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles