Friday, June 9, 2023

एकसाथ बिदा भए करारका ८० कर्मचारी

ताजा / भरखरै प्राप्त

हेटौंडा–हेटौंडासँग जोडिएको मकवानपुरगढी गाउँपालिकाले करारमा नियुक्त कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । शुक्रबार कार्यपालिका बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको पालिकाले जनाएको छ । पालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले करार कर्मचारीको म्याद थप नहुने सूचना सार्वजनिक गरेका हुन् । पहिले काम गरिरहेका कर्मचारीलाई हटाएर आफन्त, आसेपासे, बिचौलिया, ठेकेदार, नेताका आसेपासे र कार्यकर्ता भर्तीका लागि ठाउँ खाली गर्न काम गरिरहेका ८० कर्मचारीलाई हटाउने निर्णय पालिकाले गरेको आरोप छ ।

सूचना प्रविधिका १, न्यायिक सहजकर्ता १, गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमका १, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत् संयोजक तथा रोजगार प्राविधिक २, पञ्जीकरण शाखाअन्तर्गत् कृषिबाट ७ तथा पशु प्राविधिक ८ जन, २ जना पशु ज्यालादारी ४ जना संघीय सशर्त, स्वास्थ्य सेवाअन्तर्गत् सबै कर्मचारी (अहेब ४ जना, अनमी ८ जना, कार्यालय सहयोगी ८ जना र ल्याब असिस्टेन्ट २ जना, रोभिङ १ जना र विद्यालय नर्स ३ जना) गाउँपालिका तथा वडाका सिभिल इञ्जिनियर १ जना वडा प्राविधिक कर्मचारी ८ जना छन् ।

नक्सा शाखाअन्तर्गत् इञ्जिनियर १ तथा अमिन १, हलुका सवारीचालक ३, पालिका वडा कार्यालय सहयोगी १० र पालिका तथा वडाका बालमैत्री सहजकर्ता ९ जना गरी ८० करार कर्मचारीको कार्यपालिका बैठकले म्याद थप नगर्ने निर्णय गरेको हो ।

दैनिक ज्यालादारीमा रहेका ४ जनाको म्याद थप नहुने, विद्यालय नर्स प्रदेशमार्फत् सम्झौता हुने भएकाले म्याद थप हुने पालिकाले जनाएको छ । गाउँपालिकाको हालको वित्तीय अवस्था कमजोर रहेको हुँदा हाललाई करारका कर्मचारीको आइतबारबाट म्याद थप नहुने पालिकाले जनाएको छ ।

करारका कर्मचारीमध्ये पालिकाको कार्यालय वडा कार्यालय तथा स्वास्थ्य चौकीलाई अत्यावश्यक कर्मचारीको म्याद थपका सन्दर्भमा कृष्णप्रसाद बजगार्इंको नेतृत्वमा समिति गठन गरी समितिले साउन १५ गतेभित्र कार्यपालिकालाई सिफारिस गर्नेछ । थप गर्ने कर्मचारीको विवरण कार्यपालिकाबाट निर्णय भइ केही म्याद थप हुने पालिकाले जनाएको छ ।

पालिकाको ‘स्थितिपत्र’
पालिकाले स्थितिपत्र जारी गरेको छ । शनिबार पालिका प्रवक्ता दिपेश दाहालले पालिकाको स्थितिपत्र जारी गरेका छन् । उनले गाउँबासीलाई सम्बोधन गर्दै पालिकाको स्थितिलाई मध्यनजर गर्दै समानुपातिक, समन्यायिक र समुचित तरिकाले गाउँविकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पालिकाको आव २०७८–०७९ मा ९२ करोड ६२ लाख ८३ हजार रहेकोमा असारसम्म ७१ करोड ७५ लाख ६१ हजारमात्र आम्दानी भएकाले आम्दानीभन्दा ठूलो बजेट बनाइएका कारण असारमा सबै भुक्तानी गर्न नसकिएकाले दायित्व सरेको प्रवक्ता दाहालले बताए ।

उनले यसअघिको सरकारले स्रोतको सुनिश्चिता नभइ उपभोक्तासँग योजना सम्झौता गरेको, स्रोतले धान्न नसक्ने गरी दरबन्दीभन्दा बढी कर्मचारी करार र दैनिक ज्यालादारीमा राख्नाले आर्थिक भार पारेको, पटकपटक रकम रकमान्तर गरिनुका साथै कार्यपालिकाबाट निर्णय गरी थप योजना गरिएको, बजेटलाई ढिक्कामा राखेर तोकआदेशका आधारमा थुप्रै योजना बाँडफाँट गरिएको, खर्चमा मितव्ययिता अपनाउन नसकेको, बजेट एकिन नगरी कार्यपालिकाबाट खरिद तथा अन्य कार्य गर्न निर्देशन भएको र स्रोतसाधन यथार्थ एकिन नगरी पालिकाले बजेट अनुमान गरिएको जस्ता कार्यले पालिकामा आर्थिक भार रहेको बताए ।

प्रवक्ता दाहालले पालिकाको दायित्व रकम भुक्तानी गरिने, पालिकामा रहेका अधुरा योजनाहरु रकम विनियोजन गरी पूरा गरिने बताए । अनावश्यक कर्मचारीलाई कटौती गरी दक्ष कर्मचारीबाट कार्यसम्पादन गरिने उनले बताए ।

‘भ्रष्टाचारलाई शून्य सहनशीलाको नीति अवलम्बन गरिँदै बजेट विनियोजन भन्दा बाहेक योजना कार्यान्वयनमा ल्याइँदैन,’ उनले पालिकाभित्रका सबै कार्यालय प्रविधिमैत्री बनाइ सेवा प्रदान गरिने बताए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles