Tuesday, June 6, 2023

मकवानपुरका १० वटै स्थानीय तहका बजेट पारित

ताजा / भरखरै प्राप्त

सुनिता बिष्ट

हेटौंडा–मकवानपुरका १० वटै स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट पारित गरेका छन् । सबै स्थानीय तहले शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषिलाई प्राथमिकतामा राखेर ल्याएको नीति कार्यक्रम तथा बजेट पालिकासभाले सर्वसम्मत् पारित गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटै गाउँपालिकाको बजेट पारित भएको छ । मकवानपुरका १० स्थानीय तहमध्ये सबभन्दा धेरै बजेट हेटौंडा उपमहानगरपालिकाले ल्याएको छ भने सबभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले ल्याएको छ ।

रकुन पालिकाको कति बजेट पारित ?

हेटौंडा
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट अर्थ विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ सर्वसम्मत् पारित भएको छ । असार २० गते बसेको नगरपालिकाको एघारौं अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ सर्वसम्मत् पारित गरेको हो । उपमहानगरपालिकाले १२ आसरमा नीति तथा कार्यक्रम र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपियाँको बजेट सार्वजनिक गरेको थियो ।

थाहा
उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत्ले पारित गरेको छ । थाहा नगरले आगामी आवका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो ।

असार १० गतेको नगरसभा तथा ११ औं अधिवेशनमा उपमेयर भरत गोपालीले पेश गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत्रुपमा पारित भएको हो । थाहाले कुल बजेटमध्ये ९ करोड ९७ लाख ५४ हजार चालुतर्फ, ५१ करोड ७२ लाख १३ हजार पुँजीगत्तर्फ, सशर्ततर्फ ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षातर्फ १५ करोड बजेट विनियोजन गरेको छ ।

थाहाले खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक कर तथा राजस्वबाट १९ करोड ७१ लख ५ हजार, राजस्वबाट बाँडफाँटबाट १९ करोड ६८ लाख ८० हजार, संघीय सरकारबाट प्राप्त १९ करोड १६ लाख, प्रदेशबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार र सशर्त अनुदानतर्फ प्राप्त हुने ३२ करोड १४ लाख र सामाजिक सुरक्षा भत्ताबापत् १५ करोड प्राप्त हुने अनुमान गरेको छ ।

बकैया
बकैया गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि ८१ करोड २७ लाख ४६ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रबार गाउँसभाको ८ औं अधिवेशनअन्तर्गत् दोस्रो बैठकमा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाले वडागत् तथा कार्यपालिका सदस्यका लागि ९ करोड ९० लाख बजेट छुट्याएको छ । जग्गानापका लागि १ करोड ७० लाख रकम बिनियोजन गरिएको छ । कृषिक्षेत्रका लागि १ करोड ३० लाख, शिक्षा र पशुका लागि ३/३ करोड, स्वास्थ्य क्षेत्रका लागि १ करोड २५ लाख रकम बिनियोजन गरिएको छ ।

बकैयाले १० असारमा नीति तथा कार्यक्रम ल्याएको थियो । बकैयाले भौतिक पूर्वाधार विकाससँगै भूमिहीन नागरिकलाई भूमि र लालपूर्जा दिनेदेखि कृषि तथा पशुपालन, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकामा करिब ६० प्रतिशत् घरधुरीसँग आफ्नो जग्गाको प्रमाणपुर्जा नभएको, नापनक्सासमेत नभएको, ऐलानी जग्गा भएको र त्यस्ता जग्गाको तथ्यांक संकलनसमेत भइसकेकाले लालपूर्जा दिन बजेटमार्फत् कार्य अगाडि बढाइएको पालिका अध्यक्ष धर्मराज लामिछानेले बताए ।

मकवानपुरगढी
मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाको दोस्रो गाउँसभाद्वारा आगामी आर्थिक वर्षको ७० करोड ७७ लाख ६७ हजार बजेट पारित भएको हो । असार १० गते सभामा पेश भए पनि छलफल र केही परिमार्जनसहित गाउँसभाबाट बजेट पारित भएको हो । यसअघिको गाउँसभामा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनले आगार्मी आर्थिक वर्षका लागि ६७ करोड ४४ लाख २२ हजार बजेट प्रस्तुत गरेकी थिइन् । पारित भएको बजेट अघिल्लो वर्ष भन्दा ३ करोड ३३ लाख ४५ हजार बढी छ ।

इन्द्रसरोवर
इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपियाँको बजेट पारित भएको छ । पालिकाको ९ औं गाउँसभाको दास्रो बैठकले उक्त बजेट पास गरेको हो । गाउँपालिकाले सञ्चितकोष अनुमानित मौज्दातमा १ करोड ५० लाख, संघीय वित्तीय समानीकरण अनुदानमा ७ करोड ६५ लाख, संघीय सशर्त अनुदानमा ११ करोड ९४ लाख, संघीय राजस्व बाँडफाँट अनुदानमा ५ करोड ४४ लाख ४० हजार, संघीय राजस्व बाँडफाँट अनुदान (विद्युत रोयल्टी र बन) मा २ करोड २६ लाख ४७ हजार ७ सय ५९ र संघीय विशेष अनुदानमा १ करोड ८ लाख विनियोजन गरिएको छ ।

भीमफेदी
भीमफेदी गाउँपालिकाको बजेट २५ गते बसेको दोस्रो गाउँसभाले सर्वसम्मत् पारित गरेको छ । पालिका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा असार १० गते आयोजित नवौं गाउँसभामा उपाध्यक्ष राजीव श्रेष्ठले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पेश गरेका थिए । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको वास्तविक आर्थिक, भौगोलिक र सामाजिक अवस्था, कोभिड–१९ र मनसुनजन्य जलउत्पन्न प्रकोपबाट सृजित चुनौती तथा पालिकाको विशेष प्राथमिकतामा परेका विषयलाई समेटेर बजेट ल्याएको छ ।

वागमती
जिल्लाको वागमती गाउँपालिकाले ६३ करोड बराबरको बजेट पारित गरेको गाउँपालिका उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिनाले जानकारी दिए ।

मनहरी

मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ९१ करोड ८ लाख २६ हजारको बजेट पारित गरेको छ । असार २३ गते गाउँसभाको ११ औं अधिवेशनअन्तर्गत् दोस्रो बैठकमा उपाध्यक्ष सीता पुलामीमगरले उक्त रकमको बजेट प्रस्तुत गरेकी थिइन् ।

बजेटमा सबभन्दा बढी पूर्वाधार विकासतर्फ ३८ करोड ९६ लाख ६० हजार विनियोजन भएको छ । सामाजिक विकासतर्फ ३१ करोड ४५ लाख ७५ हजार, आर्थिक विकासतर्फ ४ करोड ४७ लाख, सुशासन तथा संस्थागत् विकासतर्फ २ करोड २० लाख ६२ हजार विनियोजन भएको छ । बन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ७५ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १३ करोड २३ लाख २९ हजार विनियोजन भएको छ ।

कैलाश
कैलाश गाउँपालिकाको बुधबार बसेको दशौं गाउँसभाले ५१ करोड १५ लाख ९८ हजारको बजेट सर्वसम्मत् पारित गरेको छ । भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन, विद्युत्, ऊर्जा, शिक्षा, खानेपानी तथा सरसफाइ, युवा, खेलकुद, भाषा, संस्कृति, सहकारी क्षेत्रलाई प्राथमिकता दिँदै कैलाश गाउँपालिकाको गाउँसभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित भएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार बजेटले प्राथमिकतामा पारेका क्षेत्रमा भौतिक एवम् सामाजिक पूर्वाधारको विकास गरी कैलाशबासीका जीवनयापनमा सहजीकरण गर्ने, कृषिक्षेत्रको व्यावसायिकरण र आधुनिकीकरण गर्ने, सीपयुक्त मानव विकासमा जोड दिने, जनसहभागिता र पारदर्शिता कायम गरी सुशासन प्रवद्र्धन गर्ने जस्ता कार्यक्रम तय गरिएका छन् ।

राक्सिराङ
राक्सिराङ गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम तथा राजस्व र व्ययको अनुमानित बजेट मंगलबार सार्वजनिक गरिएको छ । गाउँपालिका उपाध्यक्ष वनस्तम् थिङले गाउँसभाको १२ औं अधिवेशनमा ६२ करोड ३४ लाख बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पोषण, खाद्यसुरक्षा तथा सम्प्रभुता, खानेपानी, सरसफाइ वातावरण संरक्षण, भौतिक र आर्थिक पूर्वाधार विकासमार्फत् जीविकोपार्जन सुधार बजेटको प्राथमिकतामा छ । कृषि, पशुपालन, मौरीपालन क्षेत्रको आधुनिकीकरण, विविधीकरण र व्यावसायिकरण, सार्वजनिक–निजी–सहकारी क्षेत्रको साझेदारीबाट पर्यटन क्षेत्र विकास र प्रवद्र्धन, रोजगारमूलक समावेशी आर्थिक विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles