Tuesday, June 6, 2023

बिद्यार्थीले रोपे धान

ताजा / भरखरै प्राप्त

हेटौंडा–मानो रोपेर मुरी फलाउन उत्प्रेरण दिने धान दिवस बिभिन्न संघ–संस्थाहरुले बिभिन्न स्थानमा बुधवार मनाएका छन् । तिमध्ये हेटौंडा २ संगमचोकमा रहेको ज्ञानोदय बालबाटिकाले भने आफ्ना बिद्यार्थीलाई हामीले खाने चामल कहा र कसरी उत्पादन हुन्छ भनेर धान रोप्न लगाउंदै ब्यवहारिक शिक्षा दिएको छ । हेटौंडा–२ राप्ती खोलानजिक रहेको कृष्ण मरहठ्ठाको खेतमा उनीहरुले रोपाई गरे भने पुरुष शिक्षकले बाउसेको काम गरे । बिद्यार्थीलाई सिकाउन महिला शिक्षकहरुले बिद्यार्थीलाई धान रोपेर उनीहरुलाई सिकाएका थिए ।

निजी बिद्यालयले आफ्ना बिद्यार्थीलाई ब्यवहारिक शिक्षा प्रदान गरेकोमा खुशी लागेको कार्यक्रमका प्रमुख अतिथि तथा हेटौंडा उपमहानगरपाकिलाका प्रवत्ता सविन न्यौपानेले बताए । कितावमा धान चामल च्युरालगायका खानेकुरा हो भनेर थाहा भएको तर त्यो कसरी उत्पादन हुने रहेछ भनेर बिद्यार्थीले किताव पल्टाउनै नपर्ने भएको न्यौपानेले बताए ।

असार १५ लाई संस्कृति, सभ्यता र पहिचानसंग जोडेर कलिला बालबालिकालाई ब्यवहारिक ज्ञान प्रदान गर्दा आगामी दिनमा उनीहरुलाई बुझाउन सजिलो हुने ईतिहासबिद् केदार न्यौपालेले बताए । बिशिष्ट अतिथि न्यौपानेले पहिलाको पाठ्यक्रममा समावेश गरिएका पुर्वब्यवसायिक शिक्षा तथा नैतिक शिक्षालाई पुनःपाठ्यक्रममा समावेश गर्न उनको अनुरोध थियो ।

रोपाईपछि सामुहिक दहिच्युरा खाएर मनाईएको धान दिवसमा बिद्यालयका प्रिन्सिपल बिन्दुगोपाल गोर्खालीले भने ‘हाम्रा बिद्यार्थीलाई कितावी ज्ञानभन्दा ब्यवहारिक ज्ञानलाई प्राथमिकतामा राखेर अध्यापन गराउनेछौं ।’ धान दिवसमा मात्र नभएर अन्य खाद्य सामग्रीहरुको पनि उत्पादन प्रक्रियामा ब्यवहारिक ज्ञान प्रदान गर्ने गोर्खालीले जानकारी गराए ।
बिद्यालयका शिक्षक सुदिप बर्ताैलाले सञ्चालन गरेको कार्यक्रममा वडा नं २ का वडा सदस्य ईन्द्र रिजाललगायत बिद्यालयका शिक्षक, शिक्षिका एवम् कर्मचारी, अभिभावक तथा कक्षा ८,९ र १० मा अध्ययनरत बिद्यार्थी तथा बिभिन्न संघसंस्थाका प्रतितिधिहरुको उपस्थिति रहेको थियो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles