र्याप संगीतमा उदाउँदै वाइबा

0
396

हेटौंडा–मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा–४ मा जन्मिएका सरोज वाइबा अचेल ¥याप हसलमा व्यस्त छन् । उनकै मेहनतले उनलाई एक सफल कलाकारका रुपमा उभ्याउने प्रयास गरेको छ ।

केही समययता सरोज ¥याप कोर्न र गाउन समय खर्चन्छन् । केही समयअघि सरोज लगातार २ वर्ष उनी अस्वस्थ्य भए । चेकजाँचपश्चात् चिकित्सकको सल्लाहअनुसार सरोज घरमै आराम गरेर बसे । सरोज प्रतिकूल स्वास्थ्यका कारण घरमै थन्किए ।

सरोज आफूलाई दिक्क लाग्दा गीत सुनेर मन भुलाउथे । सरोज प्रायः भिटेन र यमबुद्धलाई सुन्दै कयांै ¥याप कोर्दै समयको सदुपयोग गर्थे । सरोजले चर्चित रियालिटी शो ‘एएनटीएफ’ र ‘नेपहपको श्रीपेज’ का लागि अडिसनको तयारी नगरेका होइनन् । तर, प्रतिकूल स्वास्थ्यका कारण जान सकेनन् ।

८ कक्षासम्मको पढाइयात्रा तय गरेका सरोज बिरामी हुनुपूर्व लागुऔषध कुलत र गलत संगतमा रहेको उनकी दिदी ममता बताउँछिन् । सरोजकी दिदी भन्छिन्–बिरामी नभएको भए बिग्रेर हिँड्थ्यो होला वा केही बन्थ्यो होला । सरोज हाल कुलत र गलत संगतमा छैनन् । सरोजले हालसम्म कयौं र्याप कोरिसकेका छन् ।

सरोजले तीमध्ये २ वटा ¥याप एनएमआई प्रोडक्सन हेटौंडामा रेकर्डिङ गरिसकेका छन् । जसमा सरोजको ‘सावधान’ र ‘थग जिन्दगी’ बोलका २ र्याप उनको आफ्नै युट्युब च्यानल ‘थग म्युजिक’ मार्फत् सार्वजनिक भइसकेका छन् ।

सरोजले ‘सावधान’ ४ महिनाअघि सार्वजनिक गरेका थिए भने ‘थग जिन्दगी’ गत सोमबार सार्वजनिक गरेका हुन् । सरोजकोे शब्दले उनको आफ्नो भोगाइको प्रतिनिधित्व गरेको ¥यापमा स्पष्ट हुन्छ । सरोजको ‘सावधान’ ¥यापले चेलिबेटीमाथि गलत धारणा राख्ने र व्यवहार गर्ने पुरुषलाई सावधान भनेको छ । सरोजको ‘थग जिन्दगी’ ¥यापमा आफूले परिवारको पेट पाल्न दिनभर गरेको काम र जिन्दगीबीचको संघर्षलाई समेटेका छन् उनले ।

सरोज आफूलाई बिरामी हुनुपूर्व संगीतमा खासै चासो नरहेको र हाल ¥याप नै आफ्नो जीवनको एक हिस्सा बनेको बताउँछन् । सरोज थप्छन्–परिवारको साथले म यहाँ उभिएको छु । १८ वर्षसम्म स्वस्थ्य हँुदा बुझ्न नसकेको परिवारको महत्व २ वर्ष बिरामी हुँदा सबै बुझें । सरोज हाल २३ वर्ष भए । र्यापबाट आफूलाई परिचित गर्ने सरोजको सपना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here