Tuesday, June 6, 2023

उद्यमी–सिपविकासका लागि १५ करोड

ताजा / भरखरै प्राप्त

हेटौंडा–वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आर्थिक क्षेत्रमा पनि महिलाको हैसियत बलियो बनाउनुपर्ने बताएका छन् ।

हेटौंडामा सुरु भएको प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी (मेला) को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले स्थानीय तहको व्यवस्थापछि महिला सशक्तीकरण राम्रो भएकोले अब महिलाको आर्थिक हैसियत उठाउनुपर्ने बताए ।

उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धनले महिलाको उपस्थिति घटेको भन्दै आर्थिक उपस्थितिलाई भने बलियो बनाउन सकिने बताए । ‘राजनीतिक तहमा महिलाको हैसियत बलियो छ, आर्थिक क्षेत्रमा पनि महिलाको हैसियत बलियो बनाउनुपर्छ । वागमती प्रदेशले महिलालाई आर्थिकरुपमा सशक्तीकरण गर्न कृषिमा आकर्षण बढाएको छ,’ उनले भने ।

कृषि उद्योगको विकास गर्न महिलालाई प्राथमिकता प्रोत्साहन गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले महिलालाई कृषिमा दूध, जडिबुटी, औषधि उत्पादन बढाउन आग्रह गरे । ‘वागमतीका महिलालाई आर्थिक हैसियतमा उच्च बनाउन प्रदेश सरकार तयार छ । यसैले हाम्रो प्रदेशमा उद्योगको विकास गर्न हामीले उद्योग मन्त्रालय छुट्टै व्यवस्था गरेछौं,’ उनले भने ।

महिलाद्वारा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनको लागि सम्मेलन आयोजना गरिएको मुख्यमन्त्री पाण्डेले बताए । उत्पादन, सेवा विस्तार, गुणस्तर सुधार र नयाँ वस्तुको बजारीकरणमा थप योगदान पुग्ने हेतुले सम्मेलन आयोजना गरिएको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले उद्यमीलाई थप तालिम तथा सिपविकासका लागि १५ करोड रकम बजेटमा राखिएको बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको सभाध्यक्षमा भएको सम्मेलनमा राज्यमन्त्री रजनी अमात्य जोन्छे, घरेलु तथा साना व्यवसायी महासंघ केन्द्रीय निवर्तमान अध्यक्ष सुवासप्रसाद गिरी, महासंघ महिला उद्यमी केन्द्रीय अध्यक्ष रोशनी उपाध्याय, महासंघ वागमती प्रदेशका कार्यबाहक अध्यक्ष तारानाथ चौलागाईं, घरेलु तथा साना कार्यालय मकवानपुर प्रमुख टीका शर्मा, महासंघ जिल्ला अध्यक्ष गणेशहरि उप्रेतीलगायत महिला उद्यमीको आतिथ्यता थियो ।

५० वटा स्टल राखिएको उपज प्रदर्शनीमा हस्तकला, कपडा, बुटिक, डलकुसन, खाद्य पदार्थ, पोतेमालालगायत वस्तुहरु प्रदर्शनीमा राखिएको छ । प्रदेशका १३ वटै जिल्लाबाट सम्मेलनमा महिला उद्यमी सहभागिता जनाएका छन् ।

वागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ वागमती प्रदेश समिति तथा प्रदेश महिला उद्यमी समितिको समन्वयमा मेला आयोजना गरिएको हो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles