Monday, June 5, 2023

मानवअधिकार उलंघनका ३३ घटना

ताजा / भरखरै प्राप्त

हेटौंडा–मकवानपुर प्रहरीले बैशाख ५ गते ६२ वर्षीय बृद्धलाई प्रकाउ ग¥यो । ८ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वागमती गाउँपालिका–८, साततलेका उनलाई प्रकाउ गरेको हो ।

उनले ८ वर्षीया नातिनीलाई २०७८ चैत २ गतदेखि २०७९ बैशाख १ गतेसम्म पटकपटक बलात्कार गरेको भनी पीडितले उजुरी बयान दिएकी छन् । प्रहरीले ६२ वर्षीय बृद्धलाई पक्राउ गरी हाडनाता करणीमा जिल्ला अदालत मकवानपुरमा उजुरी दर्ता गरेको छ ।

यी र यस्ता मानवअधिकार उलंघनका घटना मकवानपुरमा ३३ वटा घटेको अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) ले हेटौंडामा एक कार्यक्रमबीच जानकारी गराएको हो । इन्सेक जिल्ला प्रतिनिधिका अनुसार जिल्लामा सन् २०२२ को जनवरी–जुन महिनासम्म अवधिमा मानवअधिकार उलंघन तथा ज्यादतिका ३३ घटना भएका छन् ।

जसमध्ये २२ महिला ११ पुरुष गरी ३३ जना पीडित भए । बाल अधिकारका घटनामा ९ जना बालिका पीडित भएकोमा ८ जना बलात्कारका घटना र एक नवजात शिशु हत्याको घटनामा पीडित भएका छन् । विद्यालयमा शिक्षकबाट ७ बालिका यौन दुरुपयोगका घटनामा पीडित भएको घटना पनि इन्सेकले उल्लेख गरेको छ । महिला अधिकारका घटनामा १० जना पीडित भएकोमा ७ जना बलात्कार र ३ जना बहुविवाहका घटनामा पीडित भएको इन्सेकले बताएको छ ।

यस अवधिमा ५ वटा हत्याका घटना भएका छन् । जसमा १ जना महिला र ४ जना पुरुष छन् । ९ वटा हत्या प्रयासका घटनामा २ जना महिला र ७ जना पुरुष पीडित भएको इन्सेकमा अभिलेख भएको छ । ६ महिना अवधिमा परिवारजनबाट ३ जना बालिकासहित ४ बलात्कार, १ नवजात शिशु (छोरी) सहित ५ हत्याका घटना इन्सेकमा अभिलेख भएको जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले बताए ।

इन्सेकको अभिलेखालयमा सन् २०२१ मा मानवअधिकार उलंघन तथा ज्यादतिका ७८ वटा घटनामा अन्य पक्षबाट ७८ जना पीडित भएका थिए भने सन् २०२० मा मकवानपुरमा ६२ वटा मानवअधिकार उलंघन तथा ज्यादतिका घटनामा ५० महिला, १२ पुरुष र एक लैंगिक तथा अल्पसंख्यक महिला पीडित भएको तथ्यांक छ ।

अधिकार राज्यले सुनिश्चित गर्छ
वागमती प्रदेशकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले नागरिकको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।

इन्सेकले मंगलबार आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा राज्यमन्त्री नेपालीले संविधानले प्रदान गरेका मौलिक अधिकारप्राप्तिका लागि नागरिककले अझै लडाईं लड्नुपर्ने अवस्था रहेको भन्दै प्रदेश सरकार नागरिक अधिकार सुनिश्चित गराउने गरी अघि बढेको बताइन् ।

कार्यक्रममा गैसस महासंघ प्रदेश अध्यक्ष आरती पाठकले इन्सेकले गर्दै आएको मानवअधिकार उलंघन तथा ज्यादतिका घटनाको अभिलेखले समाजमा महिला तथा बालबालिकाको अवस्था कस्तो छ भन्ने देखाउनुका साथै यसले राज्य र समाजलाई जिम्मेवार बन्न मद्धत पुग्ने बताइन् ।

इन्सेक प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले इन्सेकले मानवअधिकारका घटनाको अभिलेख राख्ने कार्यसँगै मकवानपुरका २ पालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार क्षेत्रमा काम गर्दै आएको बताए । इन्सेकले राज्यले संविधानमा व्यवस्था गरेको मौलिक अधिकार कार्यान्वयनका लागि मानवअधिकारका सवालमा राज्यलाई जवाफदेहीतासहित जिम्मेवार बनाउँदै आएको उनले बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश संस्थापक अध्यक्ष प्रताप बिष्टले मानवअधिकार उलंघन तथा ज्यादतिका घटनालाई इन्सेकले दस्तावेजका रुपमा प्रकाशित गर्ने हुनाले समाजको अवस्थाबारे गरिने अनुसन्धानमा मद्धत पुग्ने बताए ।

कार्यक्रममा इन्सेकद्वारा गठित मानवअधिकार निगरानी समूह हेटौंडा उपमहानगर संयोजक चन्द्रावती पनेरुले जिल्लामा एकमात्र रहेको सरकारी अस्पतालमा बिरामीलाई सेवा लिन सास्ती भएको भन्दै स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।

मानव बेचबिखनविरुद्ध सञ्जाल उपसंयोजक तथा माइती नेपाल मकवानपुरप्रमुख माया लामाले महिला बेचबिखनका घटना पहिले भए पनि सार्वजनिक हुन वा प्रहरी प्रसाशनमा ढिलो गरी आउने हुँदा त्यस्ता घटनालाई इन्सेकले अभिलेख गर्नुपर्ने सुझाव दिइन् । नेपाल मानवअधिकार संगठन मकवानपुर संयोजक अधिवक्ता अप्सरा बस्नेतले बालबालिकामाथि हुने यौन दुरुपयोगका घटनाका पीडितलाई न्याय र पीडकलाई कारबाहीको दायरामा ल्याउन नसकिएको बताइन् ।

कार्यक्रममा सहभागीले विद्यार्थीले पाठ्यपुस्तक समयमै नपाएको, स्वास्थ्य बीमामा उल्लेख भएका औषधी अस्पतालमा नपाएकोलगायत विषयमा सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles