सुनिता बिष्ट
हेटौंडा–वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९० करोड ९३ लाखको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको भन्दा १३ अर्बभन्दा बढी बजेट ल्याएको प्रदेश सरकारले मकवानपुरलाई ७५ अर्ब ८६ करोड २० लाख बजेट विनियोजन गरेको छ ।

समानीकरण अनुदानतर्फ १३ करोड १५ लाख ३२ हजार बजेट प्रदेश सरकारले छुट्याएको छ । सशर्त अनुदानतर्फ २६ करोड २२ लाख ९४ हजार छ भने विशेष अनुदानतर्फ ८ करोड १५ लाख अनुदान छुट्याइएको छ । समपुरक अनुदानमा ११ करोड ७० लाख, चालुतर्फ ४७ करोड ५२ लाख २६ हजार, पुँजीगत्तर्फ २८ करोड ३२ लाख ९४ हजार मकवानपुरलाई प्रदेश सरकारले विनियोजन गरेको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकाका लागि सबभन्दा धेरै बजेट छुट्याइएको छ भने सबभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका लागि विनियोजन गरिएको छ । जिल्लाको एक उपमहानगरपालिकालाई ९ करोड ५८ लाख ४९ हजार, एक नगरपालिकालाई ७ करोड ४८ लाख २२ हजार र आठ गाउँपालिकाका लागि ५८ करोड ७९ लाख ४९ हजार बजेट विनियोजन भएको छ ।

हेटौंडा :
हेटौंडा उपमहानगरपालिकाका लागि प्रदेश सरकारले ९ करोड ५८ लाख ४९ हजार बजेट विनियोजन गरेको छ । जसमा समानीकरण अनुदानमा ३ करोड ५४ लाख ७९ हजार, सशर्त अनुदानमा ४ करोड ५३ लाख ७० हजार, समपुरक अनुदानमा १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । चालुतर्फ ८ करोड ८ लाख ४९ हजार, पुँजीगत्तर्फ १ करोड ५० लाख बजेट आगामी आवका लागि प्रदेश सरकारले हेटौंडाको लागि छुट्याएको छ ।

थाहा :
आगामी आर्थिक वर्षका लागि उत्तरी मकवानपुरको थाहा नगरपालिकालाई प्रदेश सरकारले ७ करोड ४८ लाख २२ हजार बजेट बिनियोजन गरेको छ । जसमा समानीकरण अनुदानमा १ करोड ३४ लाख ३७ हजार, सशर्त अनुदानमा २ करोड ४२ लाख ४० हजार, समपुरक अनुदानमा २ करोड ९६ लाख ४५ हजार, विशेष अनुदानमा ७५ लाख बजेट विनियोजन गरेको छ । चालुतर्फ ४ करोड ५१ लाख ७७ हजार, पुँजीगत्तर्फ २ करोड ९६ लाख ५५ हजार बजेट आगामी आवका लागि प्रदेश सरकारले थाहा नगरका लागि छुट्याएको छ ।

इन्द्रसरोवर :
इन्द्रसरोवर गाउँपालिकलाई अन्य स्थानीय तहको तुलनामा कम बजेट विनियोजन भएको छ । इन्द्रसरोवरलाई ६ करोड २३ लाख ७८ हजार छ । जसमा समानीकरण अनुदानमा ६८ लाख २० हजार, सशर्त अनुदानमा २ करोड १७ लाख ४ हजार, समपुरक अनुदानमा २ करोड ९८ लाख ५४ हजार, विशेष अनुदानमा ४० लाख बजेट विनियोजन भएको छ । चालुतर्फ ३ करोड २५ लाख २४ हजार, पुँजीगत्तर्फ २ करोड ९८ लाख ५४ हजार बजेट आगामी आवका लागि प्रदेश सरकारले इन्द्रसरोवरका लागि छुट्याएको छ ।

मनहरी :
मनहरी गाउँपालिकाका लागि प्रदेश सरकारले ७ करोड ९ लाख ७१ हजार बजेट बिनियोजन गरेको छ । जसमा समानीकरण अनुदानमा १ करोड ३१ लाख ९२ हजार, सशर्त अनुदानमा २ करोड २ लाख ९० हजार, समपुरक अनुदानमा २ करोड ९९ लाख ८९ हजार, विशेष अनुदानमा ७५ लाख बजेट विनियोजन गरेको छ । चालुतर्फ ४ करोड ९ लाख ८२ हजार, पुँजीगत्तर्फ २ करोड ९९ लाख ८९ हजार बजेट आगामी आवका लागि प्रदेश सरकारले छुट्याएको छ ।

मकवानपुरगढी :
मकवानपुरगढी गाउँपालिकाका योजनाहरुका लागि ७ करोड ५० लाख ६१ हजार बजेट बिनियोजन गरिएको छ । जसमा समानीकरण अनुदानमा १ करोड १ लाख २३ हजार, सशर्त अनुदानमा २ करोड १४ लाख ३८ हजार, समपुरक अनुदानमा ३ करोड, विशेष अनुदानमा १ करोड ३५ लाख बजेट विनियोजन भएको छ । चालुतर्फ ४ करोड ५० लाख ६१ हजार, पुँजीगत्तर्फ ३ करोड बजेट आगामी आवका लागि प्रदेश सरकारले छुट्याएको छ ।

बकैया :
मकवानपुरको बकैया गाउँपालिकाका लागि प्रदेश सरकारले ७ करोड ३७ लाख ९८ हजार विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा १ करोड २५ लाख ८९ हजार, सशर्त अनुदानमा ३ करोड १२ लाख ४६ हजार, समपुरक अनुदानमा २ करोड ९९ लाख ४६ बजेट विनियोजन गरिएको छ । चालुतर्फ ४ करोड ३८ लाख ३५ हजार, पुँजीगत्तर्फ २ करोड ९९ लाख ६३ हजार बजेट बकैयालाई छुट्याइएको छ ।

भीमफेदी :
भीमफेदी गाउँपालिकाका लागि प्रदेश सरकारले ७ करोड ३१ लाख ८ हजार विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा १ करोड २ लाख ६५ हजार, सशर्त अनुदानमा २ करोड ५४ लाख २० हजार, समपुरक अनुदानमा २ करोड ९९ लाख २३ हजार, विशेष अनुदानमा ७५ लाख बजेट विनियोजन भएको छ । चालुतर्फ ४ करोड ३१ लाख ८५ हजार, पुँजीगत्तर्फ २ करोड २३ लाख ९९ हजार बजेट प्रदेशले भीमफेदीलाई छुट्याएको छ ।

कैलाश :
कैलाश गाउँपालिकाका लागि वागमती प्रदेश सरकारले ७ करोड ३५ लाख १३ हजार बजेट विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा ९० लाख २७ हजार, सशर्त अनुदानमा १ करोड १५ लाख, समपुरक अनुदानमा ३ करोड, विशेष अनुदानमा १ करोड १५ लाख बजेट विनियोजन गरिँदा चालुतर्फ ४ करोड ३५ लाख १३ हजार, पुँजीगत्तर्फ ३ करोड बजेट कैलाशलाई छुट्याइएको छ ।

राक्सिराङ :
राक्सिराङ गाउँपालिकाका लागि प्रदेश सरकारले ८ करोड ५७ लाख ५८ हजार बजेट विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा ९६ लाख ९० हजार, सशर्त अनुदानमा ३ करोड १० लाख ६८ हजार, समपुरक अनुदानमा ३ करोड, विशेष अनुदानमा १ करोड ५० लाख बजेट विनियोजन गरिएको हो । चालुतर्फ ५ करोड ५७ लाख ५८ हजार, पुँजीगत्तर्फ ३ करोड बजेट आगामी आवका लागि प्रदेशले पालिकालाई छुट्याएको छ ।

वागमती :
जिल्लाको वागमती गाउँपालिकाका लागि प्रदेश सरकारले ७ करोड ३३ लाख ६२ हजार बजेट विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा १ करोड ९ लाख १० हजार, सशर्त अनुदानतर्फ १ करोड ८५ लाख ३२ हजार, समपुरक अनुदानतर्फ २ करोड ८९ लाख २० हजार, विशेष अनुदानमा १ करोड ५० लाख लाख बजेट विनियोजन गरिँदा चालुतर्फ ४ करोड ४४ लाख ४२ हजार, पुँजीगत्तर्फ २ करोड ८९ लाख २० हजार बजेट प्रदेशले उक्त पालिकालाई छुट्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here