Tuesday, June 6, 2023

खोजिँदै समस्याको जरा अस्पतालको ‘बेथिति’ विरुद्ध युवाधर्ना

ताजा / भरखरै प्राप्त

हेटौंडा–मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको बेथितिविरुद्ध युवाले धर्ना अभियान सुरु गरेका छन् । अस्पतालमा बेथिति बढदै गएको, बिरामीले उपचारमा सास्ती पाउनु परेको भन्दै स्वस्फूर्तरुपमा युवाहरु सोमबार धर्नामा बसेका हुन् ।

युवाहरु विहान १०ः३० बाट करिब दुई घण्टा अस्पतालपरिसरमा धर्ना बसेका हुन् । अस्पताल सुधार हुनुपर्ने, ड्युटी आवरमा डाक्टर अस्पतालमा भेटिनुपर्ने, बिमाको औषधी उपलब्ध हुनुपर्ने, अस्पताल प्रशासनले सुधारमा ध्यान दिनुपर्नेलगायत नारासहित उनीहरु धर्नामा बसेका हुन् । हरेक दिन विहान १०ः३० बजेबाट अस्पतालको प्रशासनअगाडि दुई घण्टा धर्ना दिइने अभियानका विवेक शाहले बताएका छन् । अस्पताल सुधारका लागि भनी आफूहरुले दबाब अभियान सुरु गरेको उनीहरुले बताएका छन् ।

हेटौंडाका युवा व्यवसायी दीपेन्द्रचन्द ठकुरीको नेतृत्वमा संगठित युवाले अस्पतालमा आएका सेवाग्राहीसँग अस्पतालको सेवासुबिधा र स्वास्थ्य बिमाबाट सुबिधा पाए÷नपाएकोबारे सोधपुछ गरेका थिए ।

हेटौंडा अस्पतालको सेवामा सुधारका लागि माग राख्दै युवाहरुले अस्पतालपरिसरमा धर्ना दिएका हुन् । हेटौंडा अस्पताल प्रशासन र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान समक्ष संयमित भएर आफ्ना प्रश्न राख्नुपर्ने भन्दै उनीहरुले यो लडाईं सिस्टमविरुद्धको भएको बताए । कुनै एक डाक्टरलाई कारबाही गर्ने, फार्मेसीका कुनै एका कर्मचारीलाई समात्ने अथवा ल्याबका कुनै कर्मचारीले रिपोर्ट गलत बनाएकोमा मात्र अड्किने हैन, यसको जरासम्म पुग्नु जरुरी छ ।

केही कर्मचारी र राजनीतिकरुपमा खराब भए पनि समाजमा सुधार गराउने त्यही मानिसलाई नै हो, न कि कुनै अर्को व्यक्ति ल्याएर । त्यसैले पद्धति कस्तो छ र कस्तो हुनुपर्छ भन्ने कुरामा सुझाव दिँदै हरेक दिनका क्रियाकलापको समीक्षा र हरेक दिन उठाएका कुरालाई लिपिवद्ध गरेर रेकर्ड राख्दै नियमित खबरदारी र अनुगमन गरिने उनीहरु बताउँछन् ।

ठकुरी भन्छन्–पूरा समय अस्पतालमा सेवा नदिने कर्मचारीहरु कोको हुन् ? किन समय नदिएका हुन् ? उनीहरु आफूले काम गर्नुपर्ने समयमा कुन मेडिकलमा सेवा दिँदै आएका छन् भने त्यो पत्ता लगाइ सूचना संकलन गरेर उक्त मेडिकल वा अस्पतालधनीलाई पनि नङ्याउनुपर्छ ।

‘अस्पतालले निःशुल्क दिनुपर्ने औषधीमा कुनकुन औषधी अस्पतालले उपलब्ध नगराएको छ र त्यो किन उपलब्ध नभएको हो । पैसा नभएर वा ठेकेदारले समयमा डेलिभरी नदिएर वा मौज्दात भए पनि कहां राखिएका कारण थाहा नपाएको हो कि ?,’ उनले भने–अस्पतालमा दैनिक कति सेवाग्राही कस्ता सेवाबाट वञ्चित भइरहेका छन्, कसैले ओपीडी सेवा नपाएका होलान्, कसैले ल्याब सेवा त कसैले एक्सरे सेवा समयमा नपाएका हुन सक्छन् ।

अस्पातलमा निःशुल्क पिउने पानीको अवस्था कस्तो छ ?, अस्पातलमा रहेका शौचालयको अवस्था कस्तो छ ?, बिरामी कुरुवाहरु राति कसरी बस्ने गरेका छन् ?, क्यान्टिनको अवस्था कस्तो छ ?, खानेकुराको दरभाउ कस्तो छ ?, टोकन लिने अनि सेवाका लागि प्रतीक्षा गर्ने क्रममा सेवाग्राहीलाई कस्ता समस्या पारिरहेका छन् । चिनजानको भनेर चाँडो पालो आउने हुन्छ कि हुन्न भन्ने बुझ्नु जरुरी रहेको उनले औंल्याए ।

बिल्डिङ त ठूलो छ । तर, समस्या उपकरण र उपकरण चलाउने दक्ष प्राविधिकको हो । त्यसैले अस्पतालमा कुनकुन उपकरण अभाव छ र ती उपकरण किन्न आवश्यक बजेट किन आएन ? २४ घण्टे सेवाका लागि कुनकुन क्षेत्रका कुनकुन प्राविधिकको कमी छ ? र, ती प्राविधिक ल्याउन कहाँ पहल गर्नुपर्ने हो ?,’ बुझ्नुपर्ने भन्दै युवाले भने–इमर्जेन्सी सेवामा केकस्ता समस्या छन् भन्नेबारे पनि जानकार हुनुपर्ने बताउँछन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles