Tuesday, June 6, 2023

जनताको भावनाअनुसार काम गर्न निर्देशन

ताजा / भरखरै प्राप्त

हेटौंडा–नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलले बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रम गर्दै सम्मान तथा स्वागत गरेको छ ।

संसदीय दलका उपनेता कृष्णलाल भँडेलको सभाध्यक्षता एवम् संसदीय दलका नेता तथा वागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बानियाँले निर्वाचित जनप्रतिनिधिलाई जनताको मर्म र भावनाअनुसार काम गर्न निर्देशन दिए ।

उनले सबैलाई समेट्न सके कांग्रेसको शिर उच्च हुने भन्दै कांग्रेस साँच्चै जनताप्रति इमान्दार छ भन्ने प्रत्याभूति गराउने अवसर पुनः आएको बताए । उनले पार्टी र परिवारको शिर उँचो राख्ने गरी काम गर्न आग्रह गरे । नेता बानियाँले राजनीति जीविकाका लागि नभइ सेवाका लागि हो भन्ने प्रमाणित गरेर देखाउन निर्देशन दिए ।

कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो । कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानियाँ, निलकण्ठ नगरपालिका धादिङ प्रमुख भीम ढुंगाना, दक्षिणकाली नगरपालिका काठमाडौं उपप्रमुख बसन्ती डंगोल तामाङ, कालिका गाउँपालिका रसुवा अध्यक्ष हरिकृष्ण देबकोटा, हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक उपाध्यक्ष अम्सरा लामिछानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत् प्रदेशमा कांग्रेसका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कुल १ सय ०८ जना निर्वाचित भएका छन् । जसमा नगरपालिका प्रमुखमा २४, उपप्रमुखमा १९ गरी ४३ जना निर्वाचित भएका छन् भने गाउँपालिका अध्यक्षमा ३४ जना र उपाध्यक्षमा ३१ जना गरी ६५ जम्मा जनप्रतिनिधि निर्वाचित भएका छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles