Tuesday, June 6, 2023

पुस्तकालयलाई बजेट उपलब्ध गराइने

ताजा / भरखरै प्राप्त

हेटौंडा–मनहरी पुस्तकालयले मनहरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । आइतबार पुस्तकालयको प्रथम वार्षिकोत्सवको अवसरमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पुस्तकालयका लागि आवश्यक बजेट उपलब्ध गराउने बताए । पुस्तकालय अभियान समूहको प्रथम वार्षिकोत्सवको अवसरमा पुस्तकालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कालाखेतीले पुस्तकालयको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा ध्यान दिँदै गाउँपालिकाले पुरानो कार्यलाई निरन्तरता दिँदै आवश्यक नयाँ बजेटसमेत उपलब्ध गराउने बताए ।

कार्यक्रममा राक्सिराङ गाउँपालिका उपाध्यक्ष वनस्तम थिङले राक्सिराङ गाउँपालिकामा पनि पुस्तकालय खोल्ने बताए । राक्सिराङ गाउँपालिकामा पनि पठन संस्कृति विकास गर्न पुस्तकालय अभियान समूहसँग सहकार्य गरी पुस्तकालय स्थापना र सञ्चालन गर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे । मनहरी गाउँपालिका–७ वडा अध्यक्ष ठाकुरराम तितुङले वडामा पहिलो पुस्तकालय स्थापना भएकोमा खुशी व्यक्त गरे ।

उनले पुस्तकालयलाई व्यवस्थितरुपमा सञ्चालन तथा व्यवस्थापनमा वडाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा मनहरी गाउँपालिका–३ वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेतीलगायतको उपस्थिति थियो । कार्यक्रमलाई रोटरी माविका प्रधानाध्यापक गोबिन्द पौडेलले पुस्तकालयको औचित्य र आवश्यकताबारे प्रष्ट पारेका थिए । पौडेलले आजको डिजिटल युगमा पनि पुस्तकालयको आवश्यकता रहेको बताए । मनहरी सामुदायिक पुस्तकालय अध्यक्ष इन्द्रमणि स्यांतानको सभाध्यक्षतामा कार्यक्रम गरिएको हो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles