Tuesday, June 6, 2023

छिमेकी लघुवित्तद्वारा डलकुसन तालिम

ताजा / भरखरै प्राप्त

हेटौंडा/हेटौंंडा अजरअमर रोडस्थित छिमेकी लघुवित्तीय संस्था हेटौंडा–४ ले संस्था सदस्यको सिप अभिवृद्धिका लागि ३ दिने डलकुसन निर्माण तालिम सञ्चालन गरेको छ ।

तालिम असार १ गतेसम्म सञ्चालन हुने हेटौंडा शाखा प्रमुख भानुभक्त आचार्यले बताए । जिल्लाका सदस्यहरुमा सिप र आर्थिक सहयोग पनि होस् भन्ने धारणा रहेको बताइएको छ । डल तथा कुसन बनाएर बिक्री गर्नसके आर्थिकरुपमा सक्षम हुने शाखा प्रमुख आचार्यले बताए ।

पेशासँग सम्बन्धित छोटो अवधिको सिपमा आधारित पाठ्यक्रम हो । यस्ता खेलौना तथा कुसन तयार गर्ने विधा सम्बन्धित सिप र ज्ञानयुत्त निम्नस्तरीय जनशक्ति उत्पादन गर्न तयार गरिएको सिपमा आधारित पाठ्यक्रम हो । प्रशिक्षार्थीले पाठ्यक्रमका आधारमा सिप सिकेपछि सम्बन्धित व्यवसायमा स्वरोजगार पनि हुन सक्छन् ।

आगामी दिनमा अझै सदस्य बढाएर उनीहरुलाई सक्षम र सिप दिलाउने उद्धेश्य रहेको आचार्यको भनाइ छ । प्रशिक्षणको क्रममा उनीहरुले आफंैले कुसन बनाउन नबुझेको कुरा प्रशिक्षकलाई सोध्ने गृहकार्य गर्ने इत्यादि कार्य हुने गर्दछ । ३८ सदस्यले तालिम लिइरहेको तालिम प्रशिक्षक संकल्प थापा थैबले जानकारी दिए । वार्षिकरुपमा विभिन्न सिपमूलक तालिम दिँदै आएकोमा यस वर्ष संस्थाले डलकुसन तालिम आयोजना गरेको हो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles