Monday, June 5, 2023

सहकारीको वार्षिकोत्सवमा नवनिर्वाचितलाई सम्मान

ताजा / भरखरै प्राप्त

हेटौंडा–हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले वार्षिकोत्सवको अवसर पारेर संस्थाका सदस्य नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

शनिबार सहकारीको १६ औं वार्षिकोत्सब कार्यक्रममा हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा बकैया गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, बकैया वडा नम्बर–१० की वडा अध्यक्ष कमला वाइबा, वडा नम्बर–४ का अध्यक्ष राजन दंगाल, मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ अध्यक्ष भागवत् घिमिरे छन् । स्थानीय तह निर्वाचनमा विभिन्न तहमा संस्थाका ८ जना सदस्य निर्वाचित भएका छन् ।

वागमती प्रदेश सहकारी विकास बोर्ड कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देबकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संस्था अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षमा भएको थियो । कार्यक्रममा संस्था निवर्तमान अध्यक्ष नुरप्रसाद गौतम, मकवानपुर जिल्ला सहकारी संघ सचिव वीरेन्द्र ढुंगाना, संस्था कानुनी सल्लाहकार अरुण खतिवडा, संस्था निवर्तमान सचिव राजकुमार तिमल्सिनाको आतिथ्यता थियो ।

संस्थाले वार्षिकोत्सवका अवसरमा शनिबार हेटौंडाको मयुरधापमा रहेको अनाथ, अपांग बाल पुनस्र्थापना केन्द्रलाई २० हजार सहयोग गरेको छ । केन्द्र अध्यक्ष रामहरी कोइरालालाई संस्था अध्यक्ष हरिप्रसाद पौडेलसहित संस्थाको टोलीले केन्द्रमा पुगेर रकम हस्तान्तरण गरेको थियो । केन्द्रमा ११ बालबालिका छन् ।
सहकारी संस्थामा हाल २ हजार ३ सय ५४ जना शेयर सदस्य छन् भने शेयर पुँजी ५ करोडको हाराहारीमा छ । संस्थाको कुल निक्षेप ४० करोड रहेको र कुल ऋण लगानी ५० करोड रहेको संस्था व्यवस्थापक रमला सापकोटाले बताइन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles