Friday, June 2, 2023

भ्रम फैलाउनेलाई कारबाही गरिन्छ

ताजा / भरखरै प्राप्त

हेटौंडा–निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न स्थानीय तहको निर्वाचन हुने–नहुने बारे भ्रम फैलाउने जोकोहीलाई पनि कारबाही गरिने बताएका छन् ।

शनिवार हेटौंडामा आयोजित मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै भण्डारीले सबै तयारी भईसकेको अवस्थामा निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने दावी गरेका छन् ।

उनले आसन्न निर्वाचनबाट केही दलका नेतृत्व डराएको हो की भन्नेमा आशंका ब्यक्त गर्दै अनावश्यक भ्रम फैलाउनेहरुप्रति आयोगको ध्यानकर्षण भएको बताए । ‘हामीले राम्रोसँग नोटस गरेका छौं, हामी कारबाहीमा जाने छौं,’ उनले भने, ‘यो निर्वाचनन नभएमा हामी २० वर्ष धकेलिने छौं ।’

आयोग कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा रहेको बताउँदै लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष भनेको चुनाब रहेको निर्वाचन आयुक्त भण्डारीले बताए । निर्वाचन आयोग प्रमुख लुम्बानाथ चापागाईले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रहेको बताउँदै निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत तथा अधिकृतलाई अभिमुखिकरण दिइसकेको जानकारी दिए ।

यसैगरी प्रेस काउन्सिल नेपालका चिरन्जीवी मास्केले निर्वाचनमा मिथ्या सूचना, दुष्सप्रचार र घृणास्पद अभिव्यक्तिको रोकथामका बारे सहजिकरण गरेका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्काले निर्वाचनसम्बन्धि मिडियाको प्रभाव, निर्वाचनमा मिडियाको भुमिका, अपनाउनु पर्ने सचेतना, मिडियाको अनुगमन जस्ता विषयमा जानकारी दिएका थिए । कार्यक्रममा उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले स्थानीय तह निर्वाचन २०७९ र निर्वाचन आचारसंहिता २०७८ बारे सहजिकरण गरेका थिए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles