हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएको स्कुटर फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ । गत माघ २५ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बस्ने ३२ वर्षीय चेत कुमारी सापकोटाको हेटौंडा–२ स्थ्ति कुमारी बैंक नजिक रहेको त्रिमुर्ति होटल अगाडिबाट ना.३४ प २३८४ नम्बरको स्कुटर हराएको भनि प्रहरीमा मौखिक उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा खोजतलास गर्दा माघ २६ गते बुधबार हेटौंडा–४ स्थितबाट उक्त मोटरसाइकल फेला पारी सम्बन्धित धनिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।