Tuesday, June 6, 2023

बाराकी रुबि साहलाई १० हजार डलरको जेएमके ‘वुमन इन विजनेस’ छात्रवृत्ति

ताजा / भरखरै प्राप्त

बाराकी रुबि साहलाई १० हजार डलर बराबरको ‘जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान’ (जेएमके) वुमन इन विजनेस छात्रवृत्तिबाट सम्मान गरिएको छ ।

उनलाई जोन्टा क्लब अफ काठमाडौं-२५, क्षेत्र नम्बर २ बाट मनोनयन गरिएको थियो । पुरस्कारको लागि जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट छनोटमा आवेदन पठाइएको थियो, त्यहाँबाट उनले थप २ हजार डलर पनि प्राप्त गरिन् ।

साथै, अन्य ३२ जनाले २ हजार डलर बराबरको थप छात्रवृत्ति पाएका छन् । रुबीले संयुक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप ८ हजार डलर प्राप्त गरेकी हुन् । उनी शैक्षिक वर्ष २०२१-२०२२ को लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका ६ मध्ये एक हुन् ।

उनी वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छिन् । १९ वर्षको उमेरदेखि नै रुबीले इन्क्युबेशन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गरिरहेकी छिन् ।

उनी उद्यमी नेपालीको पूर्व प्रमुख अपरेटिङ अफिसर पनि हुन् । हाल उनी कीर्तिपुरको रोट्रयाक्ट क्लबको चार्टर प्रेसिडेन्टको रूपमा नेतृत्व गरिरहेकी छिन् । जहाँ उनले ४० भन्दा बढी स्थानीय युवाहरूसँग मिलेर सामुदायिक परियोजनाहरू र क्षमता विकास सम्बन्धी कार्यक्रमहरू संयोजन गरिरहेकी छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles