Monday, June 5, 2023

प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेटः एमसीसी बारे जुटेन सहमति

ताजा / भरखरै प्राप्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच विहिबार विहान छलफल भएको छ ।

सत्तारुढ गठबन्धनका शिर्ष तीन नेताहरुबीच एमसीसीकै विषयमा कुराकानी भएको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले संसद्को आगामी बैठकमा एमसीसी अघि बढाउने तयारी गरिएको प्रचण्ड र नेपाललाई जानकारी गराउदै सहयोगका लागि आग्रह गरेका थिए ।

जवाफमा प्रचण्ड र नेपालले चुनावअघि एमसीसी अघि बढाउन नसकिने बताएका थिए । एमसीसीको विषयमा विवाद भएपछि अहिले सत्तारुढ गठबन्धनको भविष्यमा नै प्रश्न उठिरहेको छ ।

प्रधानमन्त्री देउवा भने प्रचण्ड र नेपालले साथ् नदिने देखेपछि प्रमुख प्रतिपक्षी दल एमालेको साथ लिएर एमसीसी पारित गराउने रणनितिमा अगाडी बढिसकेका छन् ।

प्रधानमन्त्री देउवा अहिले एकातिर छिटो एमसीसी पारित गर्ने दबाबमा छन् भने अर्को तर्फ चुनावमा कुनै दलसँग गठबन्धन नगर्न पार्टी भित्रबाट दबाबमा रहेका छन् । संसदमा एमसीसी टेबुल गरेर पारित गर्न सभामुख बाधक भएपछि माघ २६ गतेको बैठकलाई थप छलफल गर्ने भन्दै सरकारकै अनुरोधमा फागुन २ गतेसम्मका लागि सारिएको छ ।

छलफलमा ठोस निष्कर्ष ननिस्किएमा सभामुखलाई हटाउने सम्मको तयारीमा प्रधानमन्त्री देउवा रहेको उनी निकट नेताहरुले बताएका छन् । त्यस्तै अर्को तर्फ लगातार सभामुखको भूमिकाको विरोध गरिरहेको एमालेले पनि सभामुख हटाउने अभियानमा साथ दिने भएपछि प्रधानमन्त्री देउवा गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्ने बाटोमा अघि बढेको देखिएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles