हेटौंडा – मकवानपुर जिल्ला तेक्वान्दो संघले प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघले बुधबार हेटौंडाको बुद्धचोकमा मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुरेन्द्रबहादुर गुरुङलाई कोभिड–१० विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
संघ अध्यक्ष लालकाजीरत्न बज्राचार्यले एसपी गुरुङलाई दुई हजार वटा मास्क, ५ सय वटा पञ्जा, ५० वटा फेसशिल्ड र करिब ८ लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेश श्रेष्ठ, नेपाल तेक्वान्दो संघ केन्द्रीय सदस्य दीपेन्द्रचन्द ठकुरी, राखेप तेक्वान्दो प्रशिक्षक माधव तिमल्सिनालगायत सहभागिता रहेको थियो ।