काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पदान समितिको पहिला बैठक आज बसने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
बैठकमा पार्टीका म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाको विषयमा छलफल हुनेछ । अधिवेशन हुन बाँकी जिल्लाका सन्दर्भमा छलफल हुने पौडेलले बताए ।
यस्तै, आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा छलफल हुने उनको भनाई छ । सो कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित ३७ जना सदस्य रहेका छन् ।