हेटौंडा – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना पुष्टि भएको छ भने ५ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।
पछिल्लो २४ घण्टामा २३ जनामा पिसिआर र १३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४ जना र एक जना गरी ३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
जिल्लामा पछिल्लो दिनहरुमा कोरोना पुष्टि हुनेको संख्या घटिरहेको छ । जिल्लामा हाल ८५ जना मात्र सक्रिय संक्रमित रहेका छन् । जसमा ८४ जना आफ्नै घरमा र २ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
जिल्लामा हालसम्म १७ हजार ७ सय ६१ जनामा कोरोना पुष्टि हुँदा १७ हजार ६ सय ६८ जना संक्रमण मुक्त अर्थात कोरोना मुक्त भईसकेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ७१ जनाको मृत्यु भएको छ ।