महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजु काठमाण्डौको संयुक्त टोलीले ठ्रलो परिणामको स्रोत नखुलेको रकम पक्राउ गरेको छ ।
काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ बाइपास स्थित ओरालो बाटोमा चेकजाँच गर्दा श्रोत नखुलेको रकम जम्मा उनन्सत्तरी लाख उनान्सय हजार रुपैयाँ पक्राउ गरेको प्रहरीले बताएको छ ।
नुवाकोट ककनी गाऊँपालिका वडा नम्बर ३ चाउथे घर भएको बर्ष २९ को नवराज ढुङ्गानालाई नगदसहित नियन्त्रणमा लिई महानगरीय प्रहरी बृत्त बालाजुबाट थप अनुसन्धान तथा कारबाहीको लागि निजलाई बरामद हुन आएको श्रोत नखुलेको रकम सहित कानुनी कायरबाहीका लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन पुल्चोक ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।