Friday, June 9, 2023

वुद्धचोकमै कोरोनाविरुद्धको खोप लगाइँदै

ताजा / भरखरै प्राप्त

हेटौंडा-हेटौंडा-१० सिथत वुद्धचोकमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा बुधबारबाट विशेष खोप सप्ताह सुरु गरिएको हो । हेटौंडाको बुद्धचोकमै कोरोना विरुद्धको खोप नलगाएकाहरुलाई लक्षित गरेर खोप सप्ताह सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईंले जानकारी दिए । ‘चैतसम्म राज्यले सवैलाई खोप लगाउने नीति अवलम्बन गरेको छ । सोही अनुसार हामीले सार्वजनिक स्थलमै खोप केन्द्र राखेर अभियान चलाएका हौं ।’, उनले भने ।

यस अभियानमा पुरानो नारायणी यातायात कम्पनी प्रालि, ग्रामिण जागरण तथा विकास संगठन नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ नेपाल मकवानपुरले सहयोग गरिरहेका छन् । बुद्धचोकमा विशेष गरी ग्रामिण भेग र हालसम्म खोप अभियानमा पहुँच नपुगेकाहरुले लाइन लागेर खोप लगाइरहेका छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles