Friday, June 2, 2023

मनकामना मन्दिर फागुन १ गतेबाट सञ्चालनमा आउने

ताजा / भरखरै प्राप्त

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर फागुन १ गतेबाट सञ्चालनमा आउने भएको छ । कोरोनाको जोखिमबढेसँगै भिडभाड नियन्त्रण गर्नका लागि माघ ६ गते मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको थियो । यो अवधिमा भक्तजनहरु मन्दिर बाहिरबाट नै दर्शन गरेर फर्कने गरेका थिए ।

मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङका अनुसार जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको नेतृत्वमा मंगलबार बसेको बैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै यसअघि बन्द गरिएका मनकामना मन्दिर खुला गर्ने निर्णय भएको हो ।

फागनु १ गतेबाट मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालन गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न पाउने बैठकले निर्णय गरेको छ ।

मन्दिर खुलाउने निर्णय भएसँगै मनकामना मन्दिर दर्शन गर्न आउने भक्तजनहरु बढ्ने उनले बताए । गुरुङका अनुसार मनकामना मन्दिरमा दैनिक एक हजार भन्दा बढी भक्तजन मन्दिर दर्शन गर्न आउने गर्दछन् । बिदाको दिन अझ यो संख्या बढी हुन्छ ।

कोभिड जोखिम रहेता पनि मनकामना केवलकार भने संचालनमा रहेका छन् । मनकामनाका स्थानीयहरु आउजाउ गर्न र मन्दिर बाहिरबाट पूजापाठ गर्ने भक्तजनको सजिलोका लागि केबलकार नियमित संचालनमा रहेको बताइएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles