Monday, June 5, 2023

मकवानपुरमा ८७ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

ताजा / भरखरै प्राप्त

हेटौंडा-मकवानपुर जिल्लामा ८७ प्रतिशतले कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाइसकेका छन् । सरकारले चैतभित्र शतप्रतिशत जनसंख्याले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको घोषणा गर्ने तयारी गरेसँगै हाल जिल्लाभर खोप अभियान सञ्चालन भइरहेको छ ।

स्थानीय प्रशासनले वाग्मती प्रदेशको राजधानी हेटौंडाको वुद्धचोकमै कोरोनाविरुद्धको खोपकेन्द्र स्थापना गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा बुधबारबाट विशेष खोप सप्ताह सुरु गरिएको हो । यस अभियान सातदिनसम्म सञ्चालन हुनेछ । हेटौंडाको बुद्धचोकमै कोरोना विरुद्धको खोप नलगाएकाहरुलाई लक्षित गरेर खोप सप्ताह सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । उनका अनुसार प्रतिदिन करिब एकहजार जनाले सेवा लिने अनुमान गरिएको छ ।

यस अभियानमा पुरानो नारायणी यातायात कम्पनी प्रालि, ग्रामिण जागरण तथा विकास संगठन नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ नेपाल मकवानपुरले सहयोग गरिरहेका छन् ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles