हेटौंडा-हेटौँडा उपमहानगरपालिका वडनरा नम्बर १९ बस्तिपुरस्थित निर्मल मा।वि।ले सिटिईभिटीतर्फ अध्ययरत १२ जना विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
हेटौँडा उपमहानगरपालिका १९ नम्बर वडा कार्यालयबाट प्राप्त २ लाख रुपैयाँले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको निर्मल माविका प्रधानाध्यापक प्रवोध बिडारीले जानकारी दिए । ३ जना छात्रा र ९ जना छात्रलाई छात्रवृत्ति वितरण गरिएको हो ।
प्रति विद्यार्थी १६ हजार रुपैयाँका दरले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको प्रधानाध्यापक बिडारीले बताए।