Tuesday, June 6, 2023

स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने घोषणा

ताजा / भरखरै प्राप्त

हेटौंडा – सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै मकवानपुरका राजनीतिक दलहरु आन्तरिक छलफलमा जुट्न थालेका छन् ।

विशेष गरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मकवानपुरमा प्रभाव रहेको छ । नेकपा एमाले विभाजन भएर नेकपा ९एकीकृत समाजवादी० गठन भएको र हाल सत्ता गठबन्धन कायम रहेको अवस्थामा आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनको माहौल विस्तार निर्माण हुँदै जानेछ ।

मकवानपुर जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको केही प्रभाव रहेपनि अघिल्लो स्थानीय तहको निर्वाचनमा खासै जनताले रुचाएनन् । अघिल्लो निर्वाचनमा जिल्लामा रहेको १० वटा स्थानीय तहमध्ये एमालेले ६ वटा स्थानीय तहमा बाजी मारेको थियो । कांग्रेस र माओवादीले २-२ वटा स्थानीय तहमा विजयी हासिल गरे ।

पछिल्लो समय मकवानपुरको राजनीतिमा नेपाली कांग्रेसको प्रभाव केही बढेको विश्लेषण सर्वत्र हुने गरेको छ । एमालेको शक्ति केही कमजोर भएको देखिएपनि संगठित कार्यकर्ताको बलमा उसलाई अगाडि बढ्नबाट रोक्न अन्य दलहरुलाई हम्मेहम्मे नै पर्ने देखिन्छ । एमाले विभाजन भएसँगै कैलाश र इन्द्रसरोबर गाउँपालिकामा तत्कालिन समयमा विजयी भएका गाउँपालिका प्रमुख क्रमशस् टंक मोक्तान र जीवन लामा अहिले नेकपा (एस) मा छन् । उनीहरुको शक्ति परीक्षण पनि यसै निर्वाचनमार्फत् हुने प्रायः निश्चित छ ।

स्थानीय निर्वाचनमा वाग्मती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिका सवैको नजरमा पर्ने निश्चित छ । किनभने अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका तत्कालिन उम्मेदवार आनन्दराम पराजुली थोरै मतान्तरले पराजित भएका थिए । एमालेका हरिबहादुर महत विजयी भएपनि उनले सार्वजनिक कार्यक्रममै प्राविधिक कारणले आफू विजयी भएपनि मतभने पराजुलीले धेरै प्राप्त गरेको बताएका थिए । उक्त समयमा कांग्रेसले प्राप्त गरेका करिव सात हजार मत बदरहुँदा एमाले करिब ६ सय मतअन्तरमा विजयी भएको थियो ।

अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादीले जिल्लाको विभिन्न स्थानीय तहमा सांठगांठ गरेका थिए । यस निर्वाचनमा दुवै दल कसरी अगाडि बढ्छन् त्यो भने हेर्न बाँकी नै रहेको छ । अहिले सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी र नेकपा (एस) एक भएर निर्वाचनमा होमिएको खण्डमा एमाले र राप्रपाको चुनावी तालमेल हुने सम्भावनालाई पनि नकार्न सकिँदैन ।

जिल्लाका राजनीतिक दलहरु अब कसरी अगाडि बढ्छन् ? चुनावी तालमेल के हुन्छ र कस्ता उम्मेदवारलाई दलले टिकट दिनेछन् त्यो हेर्न भने केही समय अझै कुर्नुपर्ने हुन्छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles