Tuesday, June 6, 2023

सामाजिक सञ्जालबाट ठगीका घटना बढ्दै

ताजा / भरखरै प्राप्त

काठमाडौं-केही दिनअघि महानगरीय अपराध महाशाखाले विभिन्न व्यक्तिको फेसबुक ह्याक गरी रकम असुलेर ठगी गरेको आरोपमा मोरङ पथरी घर भई भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई पक्राउ गर्‍यो । पाठकले फेसबुक ह्याक गरी विभिन्न बहानामा आफूलाई ‘अर्जेन्ट’ समस्या परेको भन्दै विभिन्न बैंक खातामा पैसा पठाउन लगाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।

यसैगरी फेसबुक पेजमार्फत अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा बर्दियाका २३ वर्षीय रमेश थारु पक्राउ परे । उनले विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी जम्मा गरी त्यसमार्फत नक्कली फेसबुक पेज बनाई डीएसएलआर क्यामेरा खरिद बिक्री गर्न विज्ञापन गर्ने र क्यामेरा खरिद गर्ने ग्र्राहकलाई क्यामेरा डेलिभरी नगरी ५० प्रतिशत रकम पठाइमाग्ने गरेका थिए ।

प्रहरीले सामाजिक सञ्जालमा महिलाको फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरिरहेका भारत उत्तरप्रदेशका ३१ वर्षीय मोहम्मद सलिमलाई पक्राउ गर्‍यो । उनीमाथि वैदेशिक रोजगारीको क्रममा दुबईमा आफूसँगै काम गर्ने महिला साथीको टाउको नग्न तस्वीरमा जोडेर फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाउने र पीडित महिलाको नग्न तस्वीर राखेका नक्कली फेसबुक आईडी बनाएर चरित्र हत्या गर्ने काम गरेको अभियोग छ ।

यी त प्रतिनिधिमूलक घटना मात्रै हुन् । पछिल्लो समय इन्टरनेटको प्रयोग बढेसँगै साइबर अपराधका घटना पनि बढ्दै गइरहेका छन् । यी प्रतिनिधि घटनाले समाजमा आपराधिक मनोवृत्ति मौलाउँदै गइरहेको देखाउँछ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles