Tuesday, June 6, 2023

मकवानपुरमा फागुन १ गतेदेखि शैक्षिक संस्था सञ्चाल हुने निर्णय

ताजा / भरखरै प्राप्त

हेटौंडा-मकवानपुरमा आगामी फागुन १ गतेबाट शैक्षिक संस्था सञ्चालनमा आउने निश्चित भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सोमबार १ आदेश जारी गर्दै फागुन १ गतेबाट शैक्षिक संस्था सञ्चालनको व्यवस्था गर्ने जिम्मा जिल्ला शिक्षा समन्वय समिति र सम्बन्धित स्थानीय तहलाई दिइएको बताएका छन् ।

‘विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारको शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी संवत २०७८ फागुन १ गतेबाट सञ्चालन गर्ने व्यवस्था शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र स्थानीय तहहरुले मिलाउने ।’ – प्रमुख जिल्ला अधिकारी पाण्डेद्धारा जारी आदेशको छैठौं बुँदामा भनिएको छ ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित रुपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा आलोपालो कक्षा सञ्चालन गर्न आदेशमा भनिएको छ । विद्यालय, कलेज, संघ तथा प्रदेश लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सकिने पनि जनाइएको छ । फागुन १ गतेदेखि मन्दिर, मन्दिर, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा बढीमा ५० जना भेला भई ध्यान तथा पूजा गर्न सकिने जनाइएको छ । पार्टी प्यालेसमा पनि बढीमा सय जना वा कुल क्षमताको ५० प्रतिशत भेला हुन पाउने प्रजिअको आदेशमा भनिएको छ ।

मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, खोप कार्ड अनिवार्य साथमा राख्ने व्यवस्थालाई अनिवार्ग गरिएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles