Friday, June 2, 2023

बागमती प्रदेशमा पिपिआर खोप लगाउने एक हप्ताको अभियान आजबाट सुरु

ताजा / भरखरै प्राप्त

हेटौंडा – बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश भित्रका सबै स्थानीय तहका भेडा बाख्राहरुमा पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि एक हप्ते पिपिआर खोप लगाउने अभियान सुरु गरेको छ ।

पिपिआर रोग नेपालका अधिकान्स जिल्लामा देखा परेको तथा पुरानो ठाउमा देखा पर्दा मृत्यु दर कम भए पनि नयाँ फैलिदै गरेको करिब ८० प्रतिशत मृत्युदर हुने गरेको तथ्य रहेको हो। विसानुबाट लाग्ने सो रोगको खास उपचार नभएका कारणले सबै भेडाबाख्रालाई रोगबाट सुक्षित राख्रे उपयुक्त तरिका mass vaccintion रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै भोली मंगलबारबाट सुरु हुने खोप अभियान फागुन २ गते सम्म चल्ने मन्त्रालयका प्रवक्ता राजन ढकालले बताए ।

पहिलो पटक खोप अभियान गरिएकोे बताउदैं ढकालले एक हप्ता सबै स्थानीय तहहरुमा खोप केन्द्र र भ्याक्सिनेटर तयारी अवस्थामा रहेको बताए ।

पहिलो चरणमा १ करोड १९ लाख बजेटको ११ लाख ९० हजार खोप मात्रा आएको पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा.रामप्रकाश प्रधानले बताए । उनले प्रदेशमा भेडाको संख्या ९३ हजार ६ सय ३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २ सय १७ रहेको बताए ।

हामी सँग खोपको मात्रा कम छ तर पहिलो चरणमा नपुगेको खोपको मात्रा दोस्रो चरणमा माग गरि ल्याउने उनको भनाइ छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles