Friday, June 9, 2023

निर्वाचनको तयारीमा जुट्यो सिके राउतको पार्टी

ताजा / भरखरै प्राप्त

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहको निर्वाचनको तयारी गरेको छ ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै जनमत पार्टीले उम्मेदवार हुन योग्य र मापदण्ड पुगेकाहरुको नाम सिफारिसका लागि केन्द्रीय सचिवालयमा पठाउन आग्रह गरेको छ ।

डा।राउतले नाम सिफारिस गर्न आग्रह गर्दै उक्त नामलाई सबै कोणबाट छलफल गरी अन्तिम टुंगो केन्द्रीय कार्यकारिणी समितिको बैठकले गर्ने मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

“नेपाल सरकारबाट मिति २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरिएको हुनाले जनमत पार्टीको तर्फबाट उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रीय सचिवालयमा पठाउनु हुन अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ,“याद रहोस्, यो केवल सिफारिस हुने छ, अन्तिम निर्णय भने होइन, अन्तिम निर्णय केन्द्रीय कार्यकारिणी समितिले विभिन्न च्यानलबाट आएका सबै सिफारिसहरुलाई मूल्याङ्कन गर्ने छ ।”

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles