हेटौँडा-राप्रपा नेता तथा पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले राप्रपाका निवर्तमान केन्द्रीय अध्यक्ष कमल थापाले गरेको राप्रपा परित्यागको निर्णय ‘दुर्भाग्यपूर्ण’ रहेको प्रतिक्रिया दिएका छन् ।
थापाले आज गृह नगर हेटौँडामा आएर पार्टी परित्यागको घोषणाँ गरेपछि नेता अधिकारीले थापाको निर्णय दुर्भाग्यपूर्ण रहेको बताएका हुन् ।
अहिलेको अवस्थामा उहाँ (थापा) ले पार्टीभित्रनै बसेर संघर्ष गर्नुपर्ने ठाउँमा पार्टी परित्याग गर्नु गलत भएको भन्दै अधिकारी आफुलाई विचारको संवाहक भन्ने ब्यक्तिले एउटा निर्वाचनको परिणामबाट यस्तो निर्णय लिनु दुर्भाग्यपूर्ण रहेको बताए ।