Tuesday, June 6, 2023

अब वडाबाटै नागरिकता बनाउन पाइने

ताजा / भरखरै प्राप्त

काठमाडौँ – अब नागरिकता बनाउन जिल्ला धाउन नपर्ने भएको छ । सरकारले स्थानीय तहबाटै नागरिकता दिने व्यबस्था मिलाउन लागेको छ ।

सोमवार गृह मन्त्रालयमा गृह सुधार कार्ययोजना प्रस्तुत गर्दै गृहसचिव टेकनारायण पाण्डेले व्यक्तिगत विवरण लगायतका विषयलाई सम्बोधन गर्न लागि वडास्तरबाटै नागरिकता दिने तयारी थालेको बताएका हुन् ।

जन्मदेखिका सबै विवरणहरूको तथ्यांकसहितको विशेष कार्ड उपलब्ध गराएर त्यसैका आधारमा स्थानीय तहबाटै नागरिकता बनाउने तयारी गरेको उनले बताए । ‘हामीले नागरिकतालाई सहज र व्यवस्थित बनाउन कसरी सकिन्छ भन्ने अध्ययन गरेर सबैभन्दा उत्कृष्ट विषयलाई कार्ययोजनामा ल्याएका छौं,’ सचिव पाण्डले भने ।

अहिले खुला सिमानाका कारण नागरिकताको विषय उठेता पनि त्यसलाई व्यवस्थित गर्न नयाँ प्रविधिमैत्री विधि अपनाउन लागेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

‘नागरिकता खुला सिमानाका कारणले गर्दा चुनौती पनि छ तर नागरिकता नदिँदा अझ समस्या थपिन्छ, त्यसलाई राष्ट्रिय परिचय पत्रसँग जोडेका छौं,’ प्रवक्ता पोखरेलले भने ।

अहिले वंशजको नागरिकताका समस्याहरू देखिएकाले त्यसलाई सम्बोधन गर्न र तथ्यांक केन्द्रीकृत गरेर केन्द्रबाट पनि निगरानी राख्नको त्यस्तो गर्न लागेको गृह मन्त्रालयले जनाएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles