Friday, June 9, 2023

बुटवलमा ट्रक र कार ठोक्किदा तीन जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

रुपन्देही । बुटवलमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन् ।

दुर्घटनामा बुटवल–१३ का भगीरथ चौधरी र वडा नम्बर १२ का अनिष जिसी गम्भीर घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको लुम्बिनी ट्राफिक प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए ।

बुटवल–१२ तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि रोकेर राखेको लु२ख ९७७२ नम्बरको ट्रकमा लु३च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । कारमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles