Friday, June 2, 2023

बाल हेल्पलाइन नेपालद्धारा मागेरै जीविकोपार्जन गर्ने बालबालिकालाई न्यानो कपडासहित खाधान्न सहयोग

ताजा / भरखरै प्राप्त

हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको बाल हेल्पलाइन नेपाल मकवानपुरद्धारा मागेरै जीविकोपार्जन गर्ने बालबालिकाहरुलाई न्यानो कपडासहित खाधान्न सामाग्री सहयोग गरेका छन् । सोमबार (आज) संस्थाले सडकमा मागेरै जीविकोपार्जन गर्दै आएका हेटौंडा-११ थानाभर्‍याङकी ३१ वर्षीय सीता राना मगरको परिवारलाई संस्थाको परिसरमै बोलाएर खाद्यान, माक्स तथा न्यानो कपडा सहयोग गरेको हो ।

मगरको परिवारलाई ५० किलो चामल, ४ किलो खाने तेल, ४ पैकिड नमक, २ किलो मुसुरोको दाल, २ किलो चना, २ किलो केराउ, नुहाउँने साबुन ६ पिस र सर्जिकल माक्स २ पैकिडसहित चार जना बालबालिकालाई न्यानो कपडा हस्तान्तरण गरिएको बाल हेल्पलाइन नेपाल मकवानपुरका जिल्ला संयोजक झविन्द्र ज्ञवालीले बताए ।

जाडो मोसममा जीवन विताउन सबैलाई समस्या हुने गर्दछन् । तर, बालबालिका कपडाको अभावमा जाडोको सिकार हुँनु भएन । हामीले मगरको परिवारलाई न्यानो कपडा तथा सर्जिकल र खाधान्न सहयोग गरेर सन्तुष्ट भएका छैनौँ ज्ञवालीले भने । मगरका बालबालिकालाई शिक्षा दिने व्यवस्था मिलायो भने केही गरेको अनुभुति हुने जस्तो लागने छ उनको भनाइ छ ।

उनले मगर परिवारलाई सामाग्री हस्तान्तरण गर्ने क्रममा उनीहरुलाई राम्रोसंग जीवन यापन गर्न तथा रक्सीको सेवन न गर्न अनुरोध समेत गरेका छन् । मगर परिवालले खाद्यान तथा न्यानो कपडा सहयोग गर्देकोमा संयोजक ज्ञवालीलाई धन्यवाद समेत व्यक्त गरेको थियो । उनी संस्थाले गरेको सो सहयोगले धेरै खुसी भएको बताए ।

उनी पहिलादेखिनै बागमती प्रदेशको राजधानी हेटौंडामा आफ्नो ६ सन्तानसहित दिनहुँ माग्न हिँड्ने गरेकी छन् । उनलाई स्वास्थ्य समस्या रहेको उनी बताउँछिन् ।

समृद्व समाज राष्ट्रिय दैनिकका संवाददाता जमुना थिङ, सोही संस्थाका संवाददाता अञ्जना तामाङ र लोकखबर अन्लाइन मिडियाका संवाददाता रन्धिर साहको पहलमा बाल हेल्पलाइन मकवानपुरले मगरको परिवारलाई सहयोग गरेको हो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles