Friday, June 9, 2023

फागुनबाट सबै विद्यालय सञ्चालन गर्न सिफारिस, जोरबिजोर प्रणाली हटाइयो

ताजा / भरखरै प्राप्त

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले फागुन १ गतेबाट शैक्षिक संस्था खोल्न सरकारलाई सिफारिस गरेको छ ।

कोरोना संक्रमण कम हुँदै गएपछि सीसीएमसीले शैक्षिक संस्था भौतिकरुपमै सञ्चालनका लागि सिफारिस गरेको हो । तर, १२ वर्षभन्दा मुनिका बालबालिकालाई स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो पठनपाठन गर्न पनि सिफारिस गरिएको छ ।

त्यस्तै ट्याक्सी तथा निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली पनि हटाउन गृहमन्त्रालयलाई सिफारिस गरिएको छ । त्यस्तै फागुन १ गतेबाट डान्सबार तथा दोहोरी राति १० बजेसम्म सञ्चालन गर्न पाउने गरी सिफारिस गरिएको छ ।

पार्टी प्यालेसका सन्दर्भमा स्वास्थ्य मापदण्ड अपनाएर एक सय जनासम्म सहभागी गराउन अनुमति दिने र खेलकुद गतिविधिमा ५० प्रतिशत सहभागी हुन पाउने गरी सिफारिस गरिएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles