Tuesday, June 6, 2023

‘प्रहरी निरिक्षक हुँ’ भन्दै धम्काउने नक्कली प्रहरी लागुऔषधसहित पक्राउ

ताजा / भरखरै प्राप्त

सिरहाबाट प्रहरी निरिक्षक हुँ भन्दै धम्काउने नक्कली प्रहरी लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका १ घर भई काठमाडौं महानगरपालिका–४ मण्डिखाटार बस्दै आएका ३२ वर्षीय अशिम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए ।

शुक्रवार अपरान्ह साढे ३ बजे सिरहा नगरपालिका ७ स्थित युवराज डिलक्सको बस काउण्टरमा प्रहरी निरिक्षक हुँ भन्दै धम्काउंदै प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध भएपछि नियन्त्रणमा लिएका छन् ।

गुरुङले बोकेको झोलाबाट नाइट्रोभेट–१० लेखिएको ३९ पिस ट्याब्लेट, स्पास्मो प्रोक्सिवन प्लस २२ पिस बरामद गर्नुका साथै प्रहरी निरीक्षक भन्दै प्रयोग गर्दै आएका प्रहरी निरीक्षक अशिम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र, नक्कली रिभल्वर १ थान, रिभल्वर राख्ने होलस्टर १ थान, ड्याईगन चक्कु १ थान बरामद गरिएको प्रवक्ता बुढाथोकीले जनाएको छ ।

त्यस्तै उनको साथबाट साइरास्याङ्गबो र अशिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, मोबाइल २ थान, चेकबुक, एटिएम कार्ड, अशिम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी, नेपाली रुपैयाँ ३ हजार र एनसेलको ३ वटा सिम समेत प्रहरीले बरामद गरेको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles