Tuesday, June 6, 2023

पुष्पलाल स्मृति पुस्तकालयमा पुस्तक दिवस मनाईयो

ताजा / भरखरै प्राप्त

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–५ मा रहेको पुष्पलाल स्मृति पुस्तकालयको आयोजनामा आइतवार वसन्त पञ्चमी (सरस्वती पूजा) तथा ९ औं पुस्तक दिवस मनाइएको छ ।

साहित्य सङ्गम मकवानपुर र हेटौंडा उपमहानगरपालिका कार्यालयको साझेदारीमा सञ्चालित पुस्तकालयले वसन्त पञ्चमी तथा पुस्तक दिवसको अवसरमा ‘ पठन संस्कृतिको विकास गरौं’ भन्ने विषयमा विमर्श तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रम साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका कार्यलयका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा समिक्षक घनश्याम घिमिरे, सर्जक सञ्जालका अध्यक्ष निमेष निखिल, झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्यकार श्यामकुमार बानियाँ, रमेशमोहन अधिकारी, सुदर्शन अधिकारी, ह्यग्रिव आचार्य, शान्तिप्रिय वन्दना, नवसर्जक चौतारीकी केन्द्रीय उपाध्यक्ष उषाकिरण अधिकारी, देवराज खरेल,साहित्यसेवी मुक्ती गोविन्द वैद्य, पत्रकार सुरेश श्रेष्ठले पठन संस्कृति बारेमा आआफ्नो विचार राख्दै रचना वाचन गरेका थिए ।

कार्यक्रममा अनिल कोइराला, इलिसा पराजुली, प्रतिक्षा गुरुङ, रियाज कार्की, स्वस्तिका दाहाल, स्वस्तिका बानियाँ, उज्वल बराल,समर्पण न्यौपानेलगायतले रचना वाचन गरेका थिए । पुस्तकालयमा वसन्त पञ्चमीको अवसरमा सरस्वतीको पुज गरेर प्रसाद वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण पुस्तकालय प्रमुख डिबी बर्तौलाले गरेका थिए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles