Friday, June 2, 2023

चीनलाई नवौं पटक एसियन महिला कपको उपाधि

ताजा / भरखरै प्राप्त

काठमाडौं । दक्षिण कोरियाबिरुद्ध पुनरागमन जित सहित चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ ।

मुम्बईमा आइतबार भएको फाइनलमा पहिलो हाफ २-० ले पछि परेको चीनले दक्षिण कोरियालाई ३-२ गोल अन्तरले हराउँदै नवौं पटक उपाधिमाथि कब्जा जमाएको हो ।

चीनको लागि जियाली ताङ, लिनयान झाङ, युजीले गोल गरे । कोरियाको लागि चोई युरी र जी सो युनले गोल गरेपनि उपाधी जिताउन सम्भव भएन ।

चीनले पछिल्लो पटक सन् २००६ मा उपाधि जितेको थियो । त्यसअघि १९९९, १९९७, १९९५, १९९३, १९९१, १९८९ र १९८६ मा एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको थियो । नेपाल भने प्रतियोगितामा छनोट हुन सफल भएन । नेपाल छनोट चरणबाटै बाहिरिएको थियो ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles