हेटौंडा-हिउँको कारण अवरुद्ध भएको त्रिभुवन राजपथ सञ्चालनमा आएको छ ।
हिमपातको कारण बिहिबार रातिबाट अवरुद्ध रहेको त्रिभुवन राजपथ गएराति साँडे १० बजेबाट संचालन आएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।
थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा हिपपात हुँदा उक्त क्षेत्रको सडक अवरुद्ध रहेको थियो ।
सडक डिभिजन तथा नगरपालिकासँगको समन्वयमा हिउँ पन्छाएर गएरातिबाट सडक सूचारु गरिएको हो ।