काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनमा लगाइएको जोर विजोर प्रणाली हट्ने भएको छ। कोरोना संक्रमण दर घटेको भन्दै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसी०को आज बसेको बैठकले जोर विजोर प्रणाली हटाउन सिफारिस गरेको बताइएको छ।
‘सीसीएमसीको आज बसेको बैठकले जोर विजोर प्रणाली हटाउन सकारत्मक रहेको र सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई यसबारे निर्णय गर्न सिफारिस गर्नेबारे छलफल भएको छ,’ सीसीएमसीका प्रवक्ता सुनिता नेपालले भनिन्।
काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकपछि सोमबारदेखि लागू हुनेगरी जोर विजोर प्रणाली हटाइने बताइएको छ। अहिले निजी सवारीसाधन र ट्याक्सीमा जोर विजोर प्रणाली लागू रहेको छ। चर्को विरोधपछि यसअघि सार्वजनिक यातयातको जोर विजोर हटाइएको थियो।
त्यस्तै विद्यालयको हकमा भने माघ महिनाभरि बन्द कायमै रहने बताइएको छ। फागुनदेखि विद्यालय खुल्नसक्ने सीसीएमसीका अधिकारीहरुले बताएका छन्।