Tuesday, June 6, 2023

सुन र ल्यापटपसहित त्रिभुवन विमानस्थलबाट चारजना पक्राउ

ताजा / भरखरै प्राप्त

काठमाडौं । अवैध रुपमा भन्सार छली ल्याएको सुन, मोबाइल तथा ल्यापटपसहित चारजनालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-८ का ३० वर्षीय पदमबहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मानसिंह विश्‍वकर्मा, झापा शिवसताक्षी नगरपालिका-९ का २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ का ३२ वर्षीय गोकुल डल्लाकोटी छन् ।

जजिरा एयरको फ्लाइटद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका पदमबहादुर, मानसिंह र समिर गरी तीनैजनाको साथबाट साथबाट ५८-५८ ग्राम बराबरको सुनको सिक्री, तीनरतीन थान मोबाइल र एकरएक थान ल्यापटपसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त सामानहरू भन्सार छली ल्याउन गोकुलले लगाएको भनी खुल्न आएपश्चात उक्त सामान लिन आएका गोकुलसमेतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानहरूसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणमा बुझाइएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles