Tuesday, June 6, 2023

शपथग्रहणमा किन गएनन् आन्तरिक मामिलामन्त्री कार्की ?

ताजा / भरखरै प्राप्त

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेस र आफ्नो दल एकीकृत समाजवादीबाट तीन–तीन जना, माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

तर शपथग्रहण कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की भने उपस्थित भएनन् । मुख्यमन्त्रीले जानकारी नदिई मन्त्रालय विभाजन गरेका कारण आफू शपथग्रहणमा नगएको मन्त्री कार्कीले अनलाइनखबरलाई बताए ।

सत्तारुढ गठबन्धनका दलहरुबीच भागवण्डा मिलाउन मन्त्रालय फुटाएर १२ बनाउने क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको सञ्चारलाई छुट्याइएको छ, यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय बनाइएको छ ।

पार्टीबाट मन्त्रीका भएकाहरुको नाममा समेत उनको असन्तुष्टि रहेको कांग्रेसका एक सांसदले बताए । आइतबार कांग्रेसबाट शेखरचन्द्र थापा, ओमप्रकाश शरावगी र प्रतापप्रकाश हाङमाङ मन्त्री बनेका छन् । तीनै जना संस्थापन पक्षका हुन् ।

मुख्यमन्त्री राईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै सिफारिस अनुसार उनीहरुलाई मन्त्री बनाएका हुन् ।

स्रोतका अनुसार डा। शेखर कोइराला पक्षबाट मन्त्री नपरेकोमा समेत कार्कीको असन्तुष्टि छ । अनलाईन खबरबाट साभार

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles