Tuesday, June 6, 2023

ललितपुरका पोखरेल मकवानपुरमा मृत भेटिए

ताजा / भरखरै प्राप्त

हेटौंडा-ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५, टिकाथलीका ३४ वर्षीय प्रज्वल पोखरेल मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–५, देउरालीडाँडामा मृत भेटिएका छन् । शनिबार दिउँसो ३ बजेको समयमा पोखरेल मृत अवस्थामा भेटिएको मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकास्थित प्रहरी चौकी फाखेलका प्रहरी नायव निरीक्षक रामशरण दूलालले बताए ।

स्थानीयले शव भेटिएको जानकारी गराएपछि प्रहरी चौकी फाखेलबाट प्रहरी नायव निरीक्षक रामशरण दूलाल नेतृत्वको प्रहरी टोली साँझ ७ बजेको समयमा मात्रै घटनास्थल पुगेको थियो । शुक्रबार बिहान ९ बजेको समयमा ललितपुरको झम्सिखेलबाट ट्याक्सीमा बिहान ११ बजे काठमाडौंको मातातीर्थसम्म आएर प्रज्वल मातातीर्थबाट हिँडेर देउरालीडाँडा पुगेको भन्ने बुझिएको प्रहरी नायव निरीक्षक दूलालले बताए।

शवको अवस्था हेर्दा हिउँ खेल्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने दूलालको भनाइ छ । घरमै मोवाइल राखेर हिँडेका पोखरेलबारे आफन्तले बुझ्ने क्रममा झम्सिखेलबाट ट्याक्सी चढेको सीसीटिभि फुटेजका आधारमा ट्याक्सी चालकसँग कुराकानी भएको प्रहरीले उल्लेख गरेको छ । पेशाले चार्टर्ड एकाउन्टेन्ट पोखरेलका परिवार पनि सम्पर्कमा आइसकेको तथा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles