Tuesday, June 6, 2023

मूल्यवृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलविरुद्ध राँके जुलुससहित प्रदर्शन

ताजा / भरखरै प्राप्त

भैरहवा-एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल रोहिणी गाउँपालिका कमिटी, रुपन्देहीले शनिबार सांझ धकधईमा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।

धकधई चोकमा युवा संघका नेता तथा कार्यकर्ताहरू राँके जुलुससहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, स्थानीय तह निर्वाचनको मिति घोषणा गर, २४ लाख खोप सार्वजनिक गरलगायतका नारा लगाएका थिए ।

विरोध प्रदर्शनपछि बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अजय रौनियारले मूल्यवृद्धि फिर्ता र स्थानीय तह निर्वाचनको मिति घोषणा नगरे अझ सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

एमाले रोहिणी गाउँपालिका कमिटीका सचिव भोला क्षेत्री ९राजाबाबु०, राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ४ का इञ्चार्ज अमितकुमार शुक्लाले गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।

लोकप्रिय

चकमकेबाट काठमाण्डौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुनबाट जोगियो

सिन्धुली – चकमकेबाट काठमाण्डौँको जाँदै गरेको यात्रुबाहक बस तिनतले घुम्तीमा आज दुर्घटना हुनबाट जोगिएको छ । चक्मकेबाट काठमाण्डौँ तर्फ...

जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति...

चोरीका गहना सहित एक चोर मिर्चैया प्रहरीको नियन्त्रणमा

सिरहा जिल्लामा केहिदिन एता चोरी डकैती गर्ने प्रवृतिले शान्तिसुरक्षामा चुनौति गथिएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाले चोरी डकैती...

Related Articles